धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा रहेको दिदीबहिनी कृषि महिला सहकारी संस्थाको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ सहकारीले मंगलबार एक कार्यक्रमका बिच साधारण सभा सम्पन्न भएको हो । सहकारीकी अध्यक्ष लक्ष्मी बमको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष फणीराज सापकोटा रहेका थिए । साधारण सभाको विशिष्ट अतिथि धनगढी उपमहानगरपालिका वडा नम्बर ६का –वडाध्यक्ष भागिराम चौधरी रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष फणीराज सापकोटाले अहिले सहकारीले ग्रामीण क्षेत्रमा आर्थिक प्रवाहमा अहम् भूमिका भएको बताएका छन् । सहकारीका माध्यमबाट नागरिकमा रकम प्रवाह गरी यसले आर्थिक चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुगाएको बताउँदै अध्यक्ष सापकोटाले संस्था खोल्नु भन्दा पनि दिगोरुपमा सञ्चालन गर्न सक्नु पर्ने बताए ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा वडाध्यक्ष भागिराम चौधरीले सहकारीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गरेका थिए ।
सहकारीले आर्थिक वर्ष २०७८–०७९को आय ब्याय तथा वार्षिक प्रगति प्रतिवेदन समेत पारित गरेको छ । यस्तै उपाध्यक्ष रम्भादेवी थापा स्वागत मन्तब्य राखेको कार्यक्रममाको सञ्चालक सत्यादेबि सिंहले गरेकी थिइन् । यस्तै सहकारीको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सिर्जना श्रेष्ठले गरेकी थिइन् ।













