धनगढी – अकाउन्टेबिलीटी ल्याबले गर्भनेन्स अन्तर्गत बनाएका भिडियो धनगढीमा स्क्रीनिङ गरेको छ । मंगलबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो स्क्रीनिङ गरिएको हो । महिला फेलोजहरुले निर्माण गरेको जेन्डर, क्लाइमेक्स चेन्ज र अकाउन्टेबिलीटी सम्बन्धी भिडियो देखाइएको हो । पोखरा र धनगढी उपमहानगरपालिकामा निर्माण गरिएका ५ ओटा भिडियो देखाइएका हुन् । भिडियो मार्फत समाज हुने लैङगीक असमानता, वातावरण परिवर्तन र जबाफदेहिता सम्बन्धी सन्देश दिन जोखीएको थियो ।
भिडियो हेरेपछि सहभागीले यस्ता मुद्दा उठाउनुपर्ने र यस्ता भिडियोहरु फेरी पनि निर्माण हुनुपर्ने बताएका छन् । सहभागीहरूले यस किसिमको मुद्धालाई यस प्रकारले कसैले नउठाएको समेत बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका महिला विकाश अधिकृत पंकजा जोशी, धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ३० जना सहभागी थिए ।














