धनगढी- कैलालीको धनगढीमा स्वरुप परिवर्तन गरी चलाईएका दुई वटा जिप ट्राफिक प्रहरी कैलालीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियमित चेकिङका क्रममा उक्त जिपहरु फेला पारेको हो ।
से १ च ५९३ र ना ४ च ५८९५ नम्बरका थार जिप चालक संग सवारी दर्ता किताब साथमा नराखि चलाई रहेको अस्थामा फेला परेका सो जिप बारे आवश्यक अनुसन्धान थाल्दा स्वरुपनै परिवर्तन गरिएको पाइएपछि आवश्यक अनुसन्धानका लागी यातायात ब्यवस्था कार्यालय धनगढीलाई बुझाएको ट्राफिक प्रहरीले जनाएको छ ।
यातायात कार्यालयको सवारी दर्ता किताब हेर्दा स्वरुप परिवर्तन गरी चलाई राखेको प्रमाणित भएकाल सो जिपलाई थप आवश्यक कारवाहीका लागि यातायात ब्यवस्था कार्यालय धनगढी पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरिक्षक बिरेन्द्र जोहारीले बताए ।
जिपको अन्य ब्लु बुक, नविकरण सबै ठिक भएपनि १० सिटको गाडीलाई तीन सिटको बनाएर स्वरुप परिवर्तन गरेका कारण आवश्यक कार्वाहीका लागी पठाइएको उनले बताए । भन्सारको लिलामबाट लिइएका सो गाडीहरुलाई काटेर सानो जिप बनाएको भेटिएको उनले बताए ।















