• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

हिमपात नहुँदा भोकमरीको जोखिम

  •   बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित

बझाङ- सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन् । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट हुने भन्दै चिन्ता व्यक्त गर्छन् । जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । खेतबारी नै हरियाली हुन्थ्यो ।

बुढाले भने, “यो सिजनमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत गहरा गहुँमय हुन्थे । तोरी पनि रहरलाग्दो हुन्थ्यो । अइलका वर्ष भन्या दशा लाग्या (यस वर्ष भने खराब समय भयो) ।” सुर्मामा एक पटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो । ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई बेसाहा (खाद्यान्न) गर्नुपर्दैथ्यो ।

यस वर्ष भने आकाश हेर्दा हेर्दै आएको बादल पनि फाटेर जाने तर, पानी नपर्ने गरेको उनले बताए । “हाम्रो ठाउँ हिमाल भए पनि उब्जनीका लागि उपत्यकाभन्दा कम थिएन”, बुढाले भने, “बर्खे बाली पनि राम्रै उत्पादन हुन्छ । हिउँदमा भने आकाशकै भर पर्नुपर्छ । मङ्सिरको महिनादेखि आकाश हेर्न लागेका हौँ । आजको दिनसम्म न पानी, न हिउँ परेको छ ।”

सदाबहार हरियाली भइरहने रूखहरू पनि पानी नपाएर मडारिन थालेको सुर्मा–४ का श्याम बोहराले बताए । “हिउँ पर्छ कि भनेर हामीले सुर्मादेवीलाई गुहा¥यौँ । बिहान बेलुकाको पुजामा हिउँकै वर माग्यौँ । कहिलेकाँही आकाशमा बादल देखिन्छ । त्यसैमा फाटेर जान्छ”, बोहराले भने । अहिले सुर्मामा खेतबारीदेखि होचा डाँडाकाँडा जता हेरे पनि सुकेकै देखिन्छ । “गत महिना हिमपात भयो । सुर्माका अग्ला डाँडाकाँडाभन्दा तल आएन । पानी पनि प¥यो तर, जमिनको धुलो बसाउने गरी पनि आएन”, बोहोराले भने । पानी नआउँदा अहिले खडेरी परिरहेको उनले बताए ।

अब बाली उकास्न केही गरे पनि सम्भव नहुने बोहराले बताए । “फागुनको दोस्रो साता भइसक्यो, हिउँ, पानी परेको छैन”, बोहराले भने, “अब हिमपात भए पनि बाली उठ्दैन । उम्रेको बाली सबै सुकिसक्यो, कतै जरा जोगिएको बाली मात्रै उठ्ला, नत्र सबै मरिसकेको छ ।” अबको हिमपात वनस्पतिका लागि मात्रै काम लाग्ने उनले बताए ।

योजना जुध्दा बाहिरियो ज्ञान केन्द्र

दौलीचौर माविभन्दा पछाडिको जिउलोमा कृषि ज्ञान केन्द्रले कृषकलाई आलु लगाउन सुझाव दिएको थियो । “कृषिले हिउँदे आलु लगाउनका लागि जमिन बाँझो छोड्नु भनेको थियो”, राजेन्द्रबहादुर बुढाले भने, “सिँचाइसहित आलुको बीउ दिने भनेपछि जमिन बाँझो छोड्यौँ । त्यसै ठाउँमा प्रदेशले पनि सिँचाइ पोखरी दिने भनेपछि ज्ञान केन्द्र पछि हट्यो । त्यसपछि मङ्सिरमा गहुँ छ¥यौँ । अहिले सिँचाइ नहुँदा पहेँलो खरजस्तै भएको छ ।”

ज्ञान केन्द्रबाट अनुगमन गर्न गएको टोलीले सिँचाइ पोखरी दिने तयारी गरेको तर प्रदेश योजना आएपछि सानो जिउलोमा दुई योजना नदिने भन्दै ज्ञान केन्द्रले अर्को गाउँका लागि सिँचाइ पोखरी सारेको उनले बताए । “सुदूरपश्चिम प्रदेशले दिएको योजना रु दुई लाख हो,” बुढाले भने, “त्यो ट्याङ्कीबाट दुई गणा खेतलाई पनि सिँचाइ पुग्दैन । बाँकी त्यत्तिकै सुक्ने भइहाल्यो । एउटै जिउलोमा दुई योजना दिन कृषिले मानेन ।” उनका अनुसार गत वर्ष दौलीगाडले नहर बगाएपछि सिँचाइ पूरै अवरूद्ध भएको थियो । “अहिले दौलीगाडमा नहरको बाँध बनाउनकै लागि एक करोडभन्दा बढी रकम लाग्ने भएको छ । यहाँ सिँचाइको योजना नथपिए जिउलो बाँझै रहने अवस्था छ”, उनले भने ।

४० क्विन्टल बीउ खेर

सुर्मा गाउँपालिकाले पालिकाभर उत्पादन बढाउने भन्दै यस वर्ष ४० क्विन्टल गहुँको बीउ वितरण गरेको थियो । दौलुके बारसेचार र स्वर्गद्वारी प्रजातिको गहुँको बीउ कृषकको मागअनुसार पाँचै वडाका किसानलाई वितरण गरेको पालिकाले जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार हिमपात नहुँदा यसपटक सबै लगानी खेर जाने देखिएको छ ।

“सुर्मामा १० हेक्टर जमिनबाहेक सबै आकाशे पानीकै भरमा छ”, उनले भने, “नहर बनेका ठाउँमा पनि आकाशे पानी नआएरै सुकेको छ । नहर नलाग्ने ठाउँमा कुरै छोडौँ ।” जोशीका अनुसार यस वर्ष ८० प्रतिशत बाली सुक्ने अनुमान गरिएको छ । “डोरीमा करिब ५० रोपनी, भुरामा १० रापनी, ४ नम्बरको माथिल्लो गाउँमा ६० रोपनी बराबरको जमिनमा लगाएको बाली ९० प्रतिशत नै सुकिसकेको छ ।” हिमाली जिल्लाकै हिमाली उर्बर जमिन भएको ठाउँमा हिमपात नहुँदा यसपटक निकै सास्ती खेप्नुपर्ने उनले बताए ।

गत वर्ष सुर्मामा दौलुके बारसेचार जातको ५० क्विन्टल गहुँको बीउ वितरण गरिएको थियो । त्यसमा एक कठ्ठा हुने ठाउँमा तीन कठ्ठासम्म पनि उत्पादन भएको थियो । “गत वर्ष गहुँको एकै बालामा मुठ्ठी बराबर फलेको थियो”, उनले भने, “स्थानीयवासीले त्यति मिठो भएन भने तर उत्पादन भने निकै बढेको थियो ।” खासै बेसाहा ९खाद्यान्न० नगर्नुपर्ने ठाउँमा यसपटक भोकमरी हुनसक्ने जोशीले बताए ।

जोशीका अनुसार सुर्मेलीले आयस्रोतका रूपमा जडीबुटीलाई मानेका थिए । “बीचमा आठ÷दश वर्ष त कसैले खेती नै गरेनन् । पछिल्लो केही वर्षयता मात्रै खेती गर्न सुरु गरेका थिए । उत्पादन पनि राम्रै भइरहेको थियो । यो वर्ष भने निकै सङ्कट हुने देखिन्छ ।” जोशीले हिमपात नभएपछि हिमालमा पनि जडिबुटीसमेत नपाइने गरेको बताए । “हिउँ नपरे हिमाल पनि रित्तै हुन्छ । जडीबुटी पाइँदैन । न खेतीपाती न जडीबुटी भएपछि स्वतः नै भोकमरी हुने भयो”, उनले भने ।

जिल्लाभर ३० प्रतिशत बाली सुक्ने खतरा

यता कृषि ज्ञान केन्द्र बझाङका अनुसार उत्पादन नभएको सबै ठाउँमा खाद्य अभाव हुने गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, “तल्लो तटीय क्षेत्रबाहेकका ठाउँमा दशकयता नै उत्पादन घटिरहेको छ । एघार हजार हेक्टर गहुँ उत्पादन भइरहेकोमा यस वर्ष भने झण्डै ३० प्रतिशत उत्पादन घट्ने देखिन्छ ।”

विष्टका अनुसार बझाङमा ४० प्रतिशत सिञ्चित जमिन छ भने ६० प्रतिशत असिञ्चित जमिन छ । त्यसमध्ये पनि आकाशे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ३० प्रतिशत घट्ने र तल्लो भागमा पाँच÷सात प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको उनले बताए । जिल्लाको हकमा जहिल्यै भोकमरीको अवस्था हुने गरेको उनले बताए ।

“अहिले किनेर खान सक्ने भोकमरीमा परेको भनिँदैन”, विष्टले भने, “विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार किनेर खान सक्ने न्यून आयस्रोत भए पनि भोकमरी नभएको मानिन्छ । केही नहुनेहरू मात्रै भोकमरीको सिकारमा परेका हुन् ।” विश्व खाद्यको मापदण्डमा भोकमरीमा परेकालाई खाद्य संस्थानले खाद्यान्न उपलब्ध गराउँदै आएको उनले बताए । रासस

  • भोकमरीको जोखिम
बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.