• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

शुक्लाफाँटामा गोबरग्यास प्लान्टले दाउराको झन्झट हट्दै

  •   बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका रेश्मी चौधरीलाई विगतको जस्तो दाउरा खोज्न बिहानीको झिसमिसेमै वन क्षेत्रमा जानुपर्ने झन्झट छैन।

घरमा गोबरग्यास प्लान्ट जडान भएपछि चौधरीले दाउराको झन्झटबाट मुक्ति पाएकी छन्। पहिला जस्तो उनमा श्वासप्रश्वासको समस्या छैन। ‘दाउरा चुलोमा बाल्दा आउने धुवाँका कारण खोकी लाग्ने समस्या थियो’, उनले भनिन्, ‘हाल गोबरग्यास प्लान्ट जडानसँगै खोकीको समस्याबाट छुटकारा पाइएको छ।’

गोबरग्यास जडान भएपछि दाउरा ल्याउने समय उनले तरकारी खेतीका लागि छुट्याएकी छन्। उनले खेतमै लगाइएको तरकारी खेतीको गोडमेल गर्ने, बेर्ना रोप्ने, तरकारी बजारमा पुर्‍याएर बेच्ने कार्य गर्दै आएकी छन्।

‘गोबरग्यास जडानसँगै समयको बचत भयो, गोबरग्यासबाट निस्कने ग्यासले खाना बनाउछौं, ट्याङ्कीबाट निस्कने गोबरको लेदोलाई खेतबारीमा हाल्ने गरेका छौं’, उनले भनिन्, ‘यसले खेतबारीमा लगाएको तरकारी सप्रिएको छ, उत्पादन बढ्दो छ, तरकारी बिक्री गरेर घर खर्च सहजरुपमा चल्न थालेको छ।’

गोबरग्यास प्लान्ट घरमा जडान भएसँगै उनीजस्तै सावित्री चौधरीको आम्दानी बढेको छ। ‘दाउराकै लागि वन क्षेत्रमा जानुपर्ने बाध्यता थियो’, उनले भनिन्, ‘वन क्षेत्रमा वन रक्षाको आँखा छिचोल्दै दाउरा ल्याउनु पर्दथ्यो, घरमै गुइँठा तयार गर्नु पर्दथ्यो, समय निकै लाग्दथ्यो, घरका महिलाले ती कार्य गर्न पूरै दिन खर्चिनु पर्दथ्यो, अब त्यो विगत भइसक्यो, गोबरग्यास जडानसँगै दाउरा र गुइँठाको समस्या हल भएको छ।’

घरमा पालिएका वस्तुभाउको गोबर गोबरग्यास प्लान्टमा राखेपछि आउने ग्यास बालेर बिहानको नास्तादेखि दिउँसो र साँझको खाना पाक्ने गरेको उनले बताइन्। दाउरा ल्याउने समय हाल खेतबारीमा बिताउने गरेको उनको भनाइ छ। खेतबारीमा तरकारी उत्पादन गरी वर्षमा रु तीन लाखदेखि पाँच लाखसम्म उनले आम्दानी गर्दै आएकी छन्।

पीपलाडी गाउँका ६० प्रतिशत घरमा गोबरग्यास प्लान्ट जडान गरिएको छ। गोबरग्यास प्लान्ट निर्माणका लागि नगरपालिकाको ऊर्जा शाखाले विगत चार वर्षदेखि अनुदान उपलब्ध गराउँदै आएको छ। नगरपालिकको ऊर्जा शाखाका स्रोत व्यक्ति सुरेन्द्रदेव भट्टका अनुसार आव २०७५र७६ मा ३२, आव २०७६/७७ मा १६, आव २०७७/७८ मा १८ र आव २०७८/७९ मा १४ गरी ८० गोबरग्यास प्लान्ट जडान गरिएका छन्।

आव २०७५/७६ मा गोबरग्यास प्लान्ट जडानका लागि प्रतिप्लान्ट १४ हजार चार सयका दरले आव २०७६/७७ मा २८ हजारका दरले, आव २०७७/७८ मा ३० हजारका दरले र आव २०७८/७९ मा २६ हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ।

‘गोबरग्यास प्लान्ट जडानसँगै शौचालय निर्माणका लागि अनुदान रकम उपलब्ध गराएका छौं’, उनले भने, ‘नगरपालिकाले उपलब्ध गराएको रकमले पूरै प्लान्ट जडान गर्नका लागि नपुग्ने भएकाले केही रकम अनुदान प्राप्त गर्ने लाभग्राही र केही रकम निर्माण गर्ने कम्पनीले व्यहोर्ने गरी सम्झौता गरी गोबरग्यास प्लान्ट निर्माणको काम भइरहेको छ।’

चालू आवका लागि गोबरग्यास प्लान्ट जडानका लागि लाभग्राही छनोटको काम भइरहेको उनले जानकारी दिए। नगरपालिकाका कूल १० हजार चार सय ५८ घरधुरीमध्ये दुई हजार ९१ घरमा गोबरग्यास प्लान्ट जडान गरिएको छ। कूल २० प्रतिशत घरघुरीले गोबरग्यास प्लान्ट जडान गरेका छन्। अझै पनि ५० प्रतिशत घरमा परम्परागत ऊर्जामा आधारित चुलोको प्रयोग भइरहेको छ।

परम्परागत चुलो प्रयोग गर्नेले इन्धनका रुपमा दाउराका प्रयोग गर्दै आएका छन्। ३० प्रतिशत परिवारले एलपी ग्यास सिलिन्डरलाई खाना बनाउनका लागि प्रयोगमा ल्याएका छन्। नगर क्षेत्रमा बसोबास गर्ने केही परिवारलाई गोबरग्यास प्लान्ट जडानकै लागि सामुदायिक वनले पनि अनुदान रकम उपलब्ध गराउँदै आएका छन्।

नगर उपप्रमुख कल्पना जोशी पन्तले नगरपालिकालाई आगामी पाँच वर्षभित्र घरघरमा धुवाँरहित चुल्हो र बायोग्यास प्लान्ट जडान गरी वातावरणमैत्री नगरपालिकाका रुपमा चिनाउन कार्यक्रम सञ्चालन गरिने बताइन्।

‘बायोग्यास तथा सौर्य बत्ती जडान गर्दा अतिविपन्न, एकल महिलासँगै सिमान्तकृत वर्गका लागि शतप्रतिशत अनुदानको व्यवस्था गर्छौं’, उनले भनिन्, ‘आवश्यक अनुदान रकमका लागि दातृ निकायसँग समन्वय गर्ने काम भइरहेको छ।’

उनका अनुसार गोबरग्यास प्लान्ट जडानसँगै नगरपालिकाका–१ देखि १२ सम्मका बासिन्दालाई सुधारिएको र विद्युतीय चुल्हो वितरणको काम हुँदै आएको छ। चार वर्षको अवधिमा पाँच सय थान सुधारिएको फलामे चुल्हो, विद्युतीय इन्डक्सन एक सय २८ थान चुलो वितरणको गरिएको छ। नगरपालिकाका ४२ स्थानमा सौर्य बत्ती र सेन्सरयुक्त बत्ती जडानको काम गरिएको छ।

‘बायोग्यास खाना पकाउने स्वच्छ इन्धनका रुपमा रहेको छ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले भने, ‘गरिबी न्यूनीकरण गर्ने कामसँगै जलवायु परिवर्तनमा हुने प्रभाव कम गर्न यसले सघाउ हुन्छ, वन जङ्गल विनाश हुनबाट जोगाउँछ।’

परम्परागत ऊर्जाका स्रोतका रुपमा रहेका दाउरा, गुइँठाको प्रयोगले पर्यावरणीय प्रभाव मात्रै नभएर यसले गृहणीको स्वास्थ्य र समयलाई पनि नोक्सान पुर्‍याइरहेकाले परम्परागत ऊर्जालाई कम गर्दै लैजाने नीति नगरपालिकाले अघि सारेको उनले उल्लेख गरे।।

‘समुदायमा नवीकरणीय ऊर्जासम्बन्धी जनचेतनाको कमीले गर्दा वैकल्पिक ऊर्जा प्रविधिको प्रयोगभन्दा परम्परागत तरिकाबाट ऊर्जाको प्रयोग गर्ने बढी छन्, त्यसलाई निरुत्साहित गर्न अनुदानका कार्यक्रमसँगै जनचेतनासम्बन्धी कार्यक्रममा जोड दिएका छौं’, उनले भने। रासस

  • गोबरग्यास
बिहिबार, फागुन ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.