बैतडी- खोला तर्ने क्रममा लडेर बैतडीमा बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका(३ का ४८ वर्षीय कालुसिंह धामी रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
स्थानीय डुडे खोला तर्ने क्रममा चिप्लिएर लडेका धामीको घटनास्थलमै मृत्यु भएको हो। पुल नभएका कारण खोला तरेका कालुको मृत्युु भएको जनाएको छ। प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।













