• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

महाकालीमा एसएसबीको अनधिकृत र्‍याफ्टिङ

  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित

कञ्चनपुर- भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली प्रशासनलाई जानकारीसमेत नदिई महाकाली नदीमा विपद् प्रतिकार्य र खोज उद्धार अभ्यासका नाममा महाकाली नदीमा र्‍याप्टिङ गरिरहेको छ । अन्तर्राष्ट्रिय कानुनविपरीत एसएसबीले दार्चुलाको जौलजिवीदेखि र्‍याफ्टिङ गरिरहेको हो । बिहीबार सुरु भएको र्‍याफ्टिङ आइतबार कञ्चनपुरको सीमावर्ती क्षेत्र टनकपुरमा पुगेर समापन हुने जनाइएको छ ।

भारत उत्तराखण्ड राज्यको पिथौरागढ र धार्चुला क्षेत्रका एसएसबीको टोलीले सैन्य गतिविधिकै झल्को दिने गरी महाकालीमा र्‍याफ्टिङ गरिरहेका हुन् । उक्त टोलीमा कति जना छन् भन्नेसम्म पनि नेपाली प्रशासनलाई जानकारी छैन । ‘हामीलाई यसबारे कुनै जानकारी वा समन्वय गरिएको छैन,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, ‘यस विषयमा पिथौरागढका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) रिना जोशीलाई शुक्रबार पत्राचार पनि गरेका छौं ।’ सीमा नदी भएकाले समन्वय गर्नुपर्नेमा अबदेखि यस्तो नगर्नसमेत पत्रमा उल्लेख गरिएको उनले बताए ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले पनि सीमाक्षेत्रका सुरक्षा निकायका प्रमुखको नियमित बैठकमा एसएसबीले महाकाली नदीमा गरिरहेको र्‍याफ्टिङका विषयमा आफूहरूले आपत्ती जनाएको बताए । ‘जानकारीबिना गतिविधि भइरहेकाले अबदेखि पूर्वजानकारी वा समन्वय गरेर मात्रै यस्ता गतिविधि गर्न सचेत गरेका छौं,’ प्रजिअ पन्थीले भने, ‘एसएसबी र पिथौरागढका डीएमले पनि कमजोरी भएको स्विकार्दै अबदेखि समन्वय गर्ने बताएका छन् ।’

विपद् प्रतिकार्य वा उद्धारसम्बन्धी अभ्यास जेसुकै भए पनि सीमाक्षेत्रमा हुने गतिविधिका बारेमा आपसी समन्वय हुनुपर्ने प्रजिअ पन्थीले बताए । जिल्ला प्रशासन दार्चुलाले पत्राचार गरिसकेकाले बैतडीले पत्राचार नगरेको उनले बताए । उनका अनुसार पिथौरागढ र धार्चुला क्षेत्रका ४१ जनाको एसएसबी टोलीले महाकालीमा र्‍याफ्टिङ गरिरहेको छ ।

आइतबार टनकपुरमा अभ्यासको समापनमा सहभागिताका लागि एसएसबीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई निम्तो नै पठाएको छ । र्‍याफ्टिङका विषयमा भने कुनै समन्वय नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कञ्चनपुरको उत्तरी क्षेत्र खल्ला मसेट्टीमा र्‍याफ्टिङ गर्दा एसएसबीले अवरोध गर्थ्यो । सीमा नदी भएकाले माथिल्लो स्तरबाट सहमति भएपछि मात्रै र्‍याफ्टिङ गर्न सकिने एसएसबीको भनाइ रहने गरेको थियो ।

  • अनधिकृत र्‍याफ्टिङ
आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.