काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न दुबई जान पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदनको बन्द इजलासमा राखेर सुनुवाइ सुरु भएको छ।
उक्त निवेदनको पेसी न्यायाधीद्वय सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा परेको छ। यसअघि शुक्रबार भएको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले निवेदनमा माग गरिए बमोजिम अन्तरिम आदेश नगरी आइतबार पुनस् सुनुवाइ हुने गरी आदेश दिएको थियो।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको शुक्रबारको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो।













