कन्चनपुर- कृष्णपुर नगरपालिकाको सदरमुकाम गुलरियामा रहेको कन्चन बहुमुखी क्याम्पस ने.वि. संघ इकाई सभापतिमा दिनेश भट्ट चयन भएका छन् । आइतबार क्याम्पसमा भएको नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुको भेलाले भट्टलाई सर्वसम्मत इकाइ सभापतिमा चयन गरेको हो ।
भट्ट कन्चन बहुमुखी क्याम्पसमा हाल बि.बि.ए प्रथम वर्षमा अध्ययनरत छन् । विगत ६/७ वर्षदेखि नेविसंघका विभिन्न गतिविधि सक्रिय भट्ट पहिलोपटक जिम्मेवारीमा पुगेका हुन । सभापतिमा निर्वाचितपछि भट्टले आफुले पाएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने बताए । उनने विद्यार्थीको हकहितको लागि आफू जहिल्यै सकृय रहने समेत बताए ।
त्यस्तै उपसभापतिमा रमेश बोहोरा,सारदा बिस्ट,सचीवमा राज विश्वकर्मा,सह-सचिवमा संगीता महरा,दिनेश जोशी,सरन चौधरी,कोषाध्यक्षमा सरस्वती भट्ट लगायत ४१ जनाको कार्यसमिति चयन गरिएको छ ।













