धनगढी – धनगढीमा आजदेखि इन्फोटेकको आयोजनामा सूचना प्रविधि प्रदर्शन सुरु भएको छ। आजदेखि सुरु भएको सूचना प्रविधि मेलाको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् ।कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ देखि २० गतेसम्म सूचना प्रविधि प्रदर्शनी भएको हो ।
मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिइने जनाइएको छ। इन्फोटेकको मुख्य प्रायोजकमा नेपाल दुर संचार प्राधिकरण र एशोसियटमा नेपाल टेलिकम रहेका छन् ।
क्यान कैलालीका अध्यक्ष यज्ञ राज ओझाका अनुसार इन्फोटेकमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को सुविधा सम्पन्न मोबाइल बसमा बिभिन्न सेमीनारका बारेमा जानकारी गराइने छ ।














