मोरङ- जिल्लाको बुढिगंगा गाउँपालिका(४ कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी सप्तकोशी गाउँपालिका-१ का १९ वर्षीय निसान चौधरी र पछाडी सवार सुनसरी रामधुनी नगरपालिका-९ का १६ वर्षीय समिर चौधरी रहेका छन्।
सोमबार विहान ९ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो।
ठोक्किएर घाइते भएका दुवैजनाको उपचारको क्रममा विराट टिचिङ अस्पताल गंगाचोकमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।















