धनगढी- नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले सुवर्ण शम्शेर जवराको जन्म जयन्ती मनाउने भएको छ । कांग्रेस जिल्ला कार्यसमितिले जवराको ११२ औं जन्मजयन्तीका अवसरमा विचार गोष्ठीको आयोजना गरेर जन्म जयन्ती मनाउन लागको हो ।
कांग्रेस जिल्ला कार्यसमितिले मंगलबार एक सूचना जारी गर्दै बुधबार धनगढीमा रहेको पार्टी कार्यालय (वीपी स्मृती भवनमा) गोष्ठीको आयोजना गर्ने जनाएको छ ।













