• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ८. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

१०५ मेगावाट विद्युत् उत्पादन

  •   बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

धनगढी- बझाङमा निजी क्षेत्रको माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ३८।४६ मेगावाट र तल्लो कालंगागाड आयोजनाको १५।३३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि सुदूरपश्चिममा झन्डै दोब्बर विद्युत् उत्पादन हुने भएको छ । दुई वर्षअघिसम्म सुदूरपश्चिममा ४६ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो भने साना आयोजनासहित ५१ मेगावाट उत्पादन हुँदै आएको छ । अब कालंगागाडका दुई आयोजना जोडिएपछि १ सय ५ मेगावाट विद्युत् उत्पादन हुन थालेको हो ।

यसमा बझाङ रंगुनगाड जलविद्युत्बाट १ मेगावाट, ज्युलिगाड जलविद्युत् आयोजनाबाट ३.५ मेगावाटलगायत गाउँका लघु विद्युत् योजनासमेत जोडिएका छन् । यसअघिका चमेलिया, अपि हाइड्रोसमेत पर्छन् । आगामी चैतमा कालंगागाड तेस्रो जलविद्युत् आयोजनाले १० मेगावाट विद्युत् उत्पादन थाल्ने आयोजना कार्यालयले जानकारी दिएको छ ।

आयोजनाका निर्देशक वीरेन्द्र मल्लका अनुसार निर्माण सम्पन्न भइसकेको छ । केही दिनमा परीक्षण सुरु गरिनेछ । ‘कालंगा हाइड्रो लिमिटेडले तीन वर्षअघि ६४।४९ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम सुरु गरेको थियो,’ निर्देशक मल्लले भने, ‘त्यसमध्ये ५४ मेगावाट उत्पादन भइरहेको र १० मेगावाट अन्तिम चरणमा पुगेको छ ।’

यस्तै, दार्चुलामा निर्माणाधीन रहेको ४० मेगावाटको माथिल्लो चमेलिया पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । ‘आगामी वैशाखभित्रै व्यापारिक उत्पादनको लक्ष्यसहित काम भइरहेको छ,’ आयोजनाका सञ्चालक सञ्जीव न्यौपानेले भने, ‘बाँधस्थलको अन्तिम सिभिल कार्य चलिरहेको छ ।’ दार्चुलामा निजी क्षेत्रको अपि हाइड्रोले यसअघि १६ मेगावाटका दुईवटा आयोजनावाट विद्युत् उत्पादन गरिरहेको छ । नौगाड जलविद्युत् आयोजना र माथिल्लो नौगाड आयोजनाबाट उत्पादन भइरहेको १६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ । १२ मेगावाट क्षमताको मकरीगाड विद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेको छ ।

विद्युत् प्राधिकरणका अनुसार सुदूरपश्चिम प्रदेशमा ८९ मेगावाट विद्युत् उत्पादन हुने गरी थप ९ वटा विद्युत् आयोजना निर्माणाधीन छन् । ५४ मेगावाटका ६ वटा आयोजनाको विद्युत् खरिद सम्झौतासमेत भइसकेको छ । ३ हजार ६ सय १४ मेगावाटका २० वटा विद्युत् आयोजनाको अध्ययन भइरहेको छ । १०६ मेगावाट क्षमताका ४ वटा आयोजनाको अध्ययन चरणमा छ ।

प्राधिकरणका अनुसार सरकारले ९४ मेगावाटका १२ आयोजना बास्केटमा राखेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको तथ्यांकअनुसार सुदूरपश्चिम देशभरिमै सबैभन्दा बढी विद्युत् उत्पादन क्षमता भएको प्रदेश हो । सुदूरपश्चिममा १८ हजार १ सय ४९ मेगावाट विद्युत् उत्पादन क्षमता छ । पछिल्लो समय सुदूरपश्चिमको कैलालीमा कापडीगाड ३३ मेगावाट, दार्चुलामा मकरीगाढ १० मेगावाट, पानीगाड १० मेगावाट, बझाङकै नवगाड र मथिल्लो नवगाड गरी ९ मेगावाट निर्माणाधीन छन ।

विद्युत् उत्पादनमा सरकारी लगानी न्यून छ । पछिल्लो समय निजी क्षेत्रबाट विद्युत् उत्पादनमा लगानी हुन थालेपछि सुदूरपश्चिममा उत्पादन वृद्धि हुन थालेको हो । ‘निजी क्षेत्रले बेहोर्नुपरेका कानुनी समस्या, विद्युत् प्रसारण लाइन गुणस्तरहीन हुनु र सरकार कानुन बनाउन उदासीन देखिएकाले अपेक्षित रूपमा लगानी आउन सकेको छैन,’ कालंगा हाइड्रोका निर्देशक वीरेन्द्र मल्ल भन्छन्, ‘प्रदेश सरकारले कानुन निर्माण गरी विद्युत् उत्पादनका क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु आवश्यक छ ।’

देशभरिमा विद्युत् उत्पादन क्षमताको झन्डै २२ प्रतिशत क्षमता भएको सुदूरपश्चिमका ठूला आयोजनाहरू बन्न नसके पनि सानो स्तरमा पनि धेरै विद्युत् उत्पादन गर्न सकिने मल्लले बताए । उनले भने, ‘कर्णाली, पञ्चेश्वर, पश्चिम सेती, बूढीगंगा जस्ता ठूला आयोजना पर्खेर बस्नुभन्दा अध्ययनका क्रममा रहेका साना विद्युत् आयोजनालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम सुरु गर्नुपर्छ ।’ बझाङदेखि डडेल्धुरासम्मको प्रसारण लाइन पनि गुणस्तरीय बन्न नसकेका कारण निजी क्षेत्रबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा ल्याउनसमेत समस्या भइरहेको मल्लले बताए । कान्तिपुरबाट

 

  • विद्युत् उत्पादन
बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.