धनगढी- बझाङमा भिरबाट लडेर गम्भिर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।
गत सोमवार घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी मष्टा गाउँपालिका वडा नम्बर-१ कोटदेवलकी ४३ वर्षीया खिनुदेवि खड्काको उपचारको क्रममा मृत्यु भएको हो। उनको बिहीवार कोहोलपुर मेडिकल कलेजमा मृत्यु भएको परिवार स्रोतले बताएको छ।
घर नजिकैको सकुन्ड्यारी भिरबाट लडेर उनी घाइते भएकी हुन्। उनको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि कोहोलपुर मेडिकल कलेज रेफर गरिएको थियो।













