धनगढी । थारु चलचित्रका निर्माता तथा कलाकार परशुराम चौधरीको पोर्चुगलमा निधन भएको छ।
स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि उनलाई अस्पताल भर्ना गरिएका थियो । ४५ बर्षीय चौधरीको उपचारकै क्रममा शुक्रवार मृत्यु भएको हो। अस्पतालले चौधरीको हृदयघातबाट मृत्यु भएको बताएको छ।
चौधरीकै अभिनय तथा लगानीमा थारु चलचित्र यि कैसिन नाता, बौछार, जीवन एक लदिया हो लगायतका चलचित्र निर्माण भएका थिए।धनगढी –१ शिवनगर घर भएका चौधरी २०११मा युरोप गएका थिए।













