धनगढी- धनगढीको आकाशमा शुक्रबार (आज) विहान बुद्धएयरको जहाजले फन्को मारिरहेको छ । जहाज विमानस्थल आसपासको आकाश माथि उडिरहेको देखिएपछि स्थानीयले चासो दिएका छन् ।
धनगढी विमानस्थलका प्रमुख रामकिष्ण भट्टले को–पाइलटलाई प्रशिक्षण दिन विहान ‘टे«डिङ फ्लाइट’ गरिएको जानकारी दिए । यात्रुसहितको जहाजमा प्रशिक्षण दिँदा जोखिम हुने भएपछि यात्रुविहीन जहाजमा पाइलटले को–कोपाइलटलाई प्रशिक्षण दिने कार्य भएको उनले बताए ।
उनका अनुसार जहाजमा दुई जना पाइलट र एक जना को–पाइलट मात्रै छन् ।













