• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
☰
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ३. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ४. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ५. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

गेटा मेडिकल अब देशकै पहिलो विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रारुपको निर्णय

  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित

धनगढी- गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने सरकारको निर्णयसँगै स्वास्थ्य विज्ञानका क्षेत्रमा यो देशकै पहिलो विश्वविद्यालय बन्ने भएको छ। यो आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै गरेका स्थलगत अनुगमन निरीक्षणका क्रममा कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी दिएका थिए।

निर्माणको गुरुयोजनाबमोजिम झन्डै ४२ संरचनामध्ये २८ संरचना तयार भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छ। बाँकी संरचना हस्तान्तरणको चरणमा छन्। आगामी असारसम्म सबै संरचनाको निर्माण पूरा भइसक्ने जनाइएको छ। हाल खानेपानी, सडक पूर्वाधार जस्ता साना काम निर्माणाधीन रहेको पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए।

‘कुन प्रारुपमा सञ्चालन गर्ने भन्नेबारेमा अहिलेसम्म टुङ्गो लागेको थिएन’, कार्यकारी निर्देशक पुजाराले भने, ‘यसका लागि मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले अब संसद्मा विधेयक पेस हुन्छ होला। गोदावरी नगरपालिका–५ मा पर्ने देशकै गौरवको आयोजनाका रुपमा रहेको यो कलेज निर्माणमा हालसम्म पाँच अर्ब ४५ करोड खर्च भइसकेको छ। विश्वविद्यालय सञ्चालन भएमा स्वास्थ्य क्षेत्रको उच्चस्तरको जनशक्ति उत्पादनका साथै गुणस्तरीय स्वास्थ्योपचार सेवा प्राप्त हुनेछ।

यसबाहेक सुदूरपश्चिमको समग्र गतिविधिमा सकारात्मक प्रभाव पर्ने देखिएको छ। सेती प्रादेशिक अस्पताल धनगढीका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेशबहादुर सिंह यो कलेज स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन भएमा नेपालमै पहिलो विश्वविद्यालय हुने र यसले धेरै महत्व राख्ने बताउछन्।

उनले भने, ‘विश्वविद्यालय सञ्चालन भएमा घरदैलोमै मेडिकल शिक्षा प्राप्त हुने अवसरबाट अबको पिँढी लाभान्वित हुनेछ, यसले शिक्षा प्राप्त मात्र नभई समग्र विकासमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।’ सुदूरपश्चिम प्रदेशमा २०५६ मा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो। काँचीकामाकोठी पीठका जगतगुरु शङ्कराचार्यको संरक्षकत्व र लगानीमा २०५६ मा यसै ठाउँमा स्वास्थ्य आयुर्विज्ञान प्रतिष्ठान बनाउने पहल गरिएको थियो।

कलेज निर्माणका लागि जगतगुरु शङ्कराचार्यबाट गेटामा भवनसमेत शिलान्यास भएको थियो। विविध कारणले थप काम अघि बढ्न सकेन। त्यसपछि सरकारले यसै ठाउँमा २०६८ मा मेडिकल कलेज बनाउने निर्णय गरेको हो। झन्झटिलो र लामो प्रक्रियाका कारण कलेजका संरचना निर्माणको काम ढिलो सुरु भएको थियो।

‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यो कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रारुपमा सञ्चालन गर्ने भनेर जनाएका थिए, अहिले प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने भनेका छन’, उनले भने, ‘सञ्चालनको प्रारुपका बारेमा संसद्बाट पारित भएपछि मात्र ढुक्क हुने अवस्था हुन्छ। ‘यतिबेला कलेजका सबै संरचनाको निर्माण पूरा हुँदा भने स्थानीय आफ्नै ठाउँमा मेडिकल शिक्षा पाउने धोको पूरा हुनेमा विश्वस्त देखिन्छन्।

विश्वविद्यालय स्थापनाको पहल गर्न गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेयले मेडिकल शिक्षा पाउने धोको पूरा हुने मात्र नभई गुणस्तरीय स्वास्थ्योपचार सेवा पाउने बताए। ‘कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्ने सरकारको निर्णय स्वागतयोग्य छ, तत्काल नीतिगतरुपमा ऐन नियम बनाएर कार्यान्वयनमा जानुपर्छ’, उनले भने, ‘विश्वविद्यालय सञ्चालन भएमा सुदूरपश्चिम स्वास्थ्य क्षेत्रको ‘हब’ बन्ने छ, भारत पुगेर स्वास्थ्योपचार गर्नुपर्ने वाध्यता हट्नेछ, आफ्नै ठाउँमा मेडिकल शिक्षा पाइनेछ, रोजगार र स्वरोजगारका अवसर सिर्जना हुनेछन्।’ अहिले कलेजका भवन संरचना बनेको ठाउँमा पहिले सामुदायिक वन थियो।

उक्त वनको सचिव भएर काम गर्नुभएका स्थानीय यज्ञराज चौधरीले भने, ‘पहिले वन क्षेत्र र मसानघाट रहेको यो ठाउँमा अहिले ठूला भवन संरचना बनेर विश्वविद्यालय सञ्चालन हुँदैछ भन्ने कुरा सुन्दा खुसी छौँ, एमबिबिएसको पढाइमा छात्रवृत्ति दिँदा होस् वा रोजगारी उपलब्ध गराउँदा स्थानीय समुदायका मानिसलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो पहिलेदेखि नै माग छ।’ कलेज निर्माणका लागि सरकारले ५१ दशमलव आठ हेक्टर जग्गा उपलब्ध गराएको छ।

कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झन्डै ६ बिघा जग्गामा मुक्त कमैया परिवारको बसोबास छ। उनीहरुलाई समयमै अन्यत्र पुनःस्थापन गर्ने सवालमा सम्बन्धित निकायले ध्यान नदिँदा उक्त ठाउँमा निर्माण गर्नुपर्ने संरचनाको निर्माण कार्य भने अन्योलमा छ। मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेजअन्तर्गतको ट्रमा सेन्टरलगायतका संरचना निर्माण गर्ने योजना छ। सम्बन्धित नगरपालिकाले उनीहरुलाई अन्यत्रै बसोबास गराउन अहिलेसम्म पहल भने गरेको छैन। रासस

  • गेटा मेडिकल
सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वार मन्त्रालय परिसर सरसफाई
सुदूरपश्चिमका साढे दुई दर्जन बहुवर्षीय योजना रुग्ण अवस्थामा

समाचार

सबै

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

कैलालीमा २६ लाख बढीका सामानसहित भारतीय पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ३.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ४.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ५.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.