• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ०४, २०८३
☰
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

बैतडीमा अनधिकृत संरचनामा डोजर

  •   मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित

बैतडी- बैतडीको पाटन बजारमा रहेका अनधिकृत संरचना नगरपालिकाले डोजर प्रयोग गरेर हटाउन थालेको छ। पाटन नमुना शहर क्षेत्रमा नयाँ सडक निर्माण गर्न अनधिकृत संरचना हटाउन शुरु गरिएको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए। नगरपालिकाले बजारबाट नयाँ बसपार्क जोड्ने सडक र विमानस्थल जोड्ने शाखा सडक निर्माण गर्न उक्त क्षेत्रमा बनेका संरचना हटाउन थालेको हो। उक्त क्षेत्र जोड्ने सडकको क्षेत्राधिकारभित्र पर्ने नगर विकासको जमिनमा बनेका अस्थायी संरचना हटाउन थालिएको नगरप्रमुख रावलले बताए।

उनले भने, ‘अनधिकृत रूपमा बनेका संरचना हटाउन नगरपालिकाले पुसमै ३५ दिने सूचना जारी गरेको थियो। उक्त सूचनाको अवज्ञा गरेपछि हामीले डोजर प्रयोग गरेका हौं। अब नयाँ शहरको कामले गति लिने विश्वास गरेका छौं।’ सडक ५ मिटरसम्मको चौडा बनाइन लागिएकाले अनधिकृत संरचना हटाउन थालिएको हो। पाटन नयाँ शहर आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रोहितराज भण्डारीका अनुसार सडक चौडा गर्न ५ करोडको ठेक्का भइसकेको छ।

सरकारले आर्थिक वर्ष २०६७।०६८ सालमा मध्यपहाडी लोकमार्गअन्तर्गत १० शहरलाई नमुनाका रूपमा विकसित गर्ने निर्णय गरेको हो। तिनै १० नमुना शहरमध्ये १० औँ शहरको रूपमा बैतडीको पाटनलाई विकसित गर्ने निर्णय भएको थियो। गत आर्थिक वर्षमा आधा बजेट समेत खर्च नभएपछि चालू आवमा बजेट घटेर आएको छ। चालू आवमा १२ करोड ९२ लाख बजेट आएको कार्यालयले जनाएको छ। जग्गा एकीकरणका लागि जग्गाधनीले जग्गा उपलब्ध नगराउँदा काम अघि बढ्न सकेको छैन।

जग्गा एकीकरण प्रक्रियामा स्थानीयले योजना सम्पन्न हुँदासम्म नयाँ शहरी विकासको कार्यालयलाई लालपुर्जा सहित जग्गा हस्तान्तरण गर्नुपर्ने हुन्छ। त्यस ठाउँमा नयाँ शहरी विकासको कार्यालयले उपयुक्त बसोवासका लागि घर, खानेपानी, खेल्ने चौर, विद्युतीकरणदेखि सुविधासम्पन्न भौतिक संरचना बनाएर त्यसपछि ती जग्गाधनीलाई नै हस्तान्तरण गर्ने कार्यक्रम हो।

पाटन बजार क्षेत्र आसपासका क्षेत्रमा जग्गा छनौट गरिए पनि कृषियोज्ञ जमिन नदिने बताएपछि उक्त काम रोकिएको छ। एक लाखभन्दा बढी मानिसको बसोवास गराउने र आधुनिक सुविधासहित व्यवस्थित शहर बनाउने निर्णय हुँदा पाटनवासी निकै खुशी भएका थिए। १२ वर्ष बितिसक्दा समेत यो शहरमा विकास निर्माणका कामले खासै गति लिन नसकेकोमा निराशा छाउँदै गएको स्थानीय दिनेश बिष्टको भनाइ रहेको छ।

विभिन्न पर्यटकीय सम्भावना बोकेको पाटन शहरको विकास भएपछि यो क्षेत्रका युवालाई प्रशस्त रोजगारीका सम्भावना प्राप्त हुनेछ। अहिले बैतडीबाट हजारौँ मानिसले तराईतिर बसाइँसराइ गरिरहेको र हजारौँ युवा विदेश गइरहेका वेला पाटन नै नयाँ शहर बनिसकेपछि यस अवस्थाको अन्त्य हुनेछ। पाटनलाई वि.सं. २०८८ भित्र नयाँ शहरका रूपमा विकास गरिसक्ने लक्ष्य राखिए पनि उक्त अवधिमा सम्पन्न हुनेमा आशंका गरिएको छ।

 

  • संरचनामा डोजर
मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
रास्वपाले के–के गर्‍यो निर्णय ?
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
माइक्रो गुडिरहेकै अवस्थामा आगलागी
भोटेकोशी बाढी : एक हजार ४३६ शव भेटिए

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.