• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

टीकापुरमा सञ्चालन भएन मलमूत्र व्यवस्थापन केन्द्र

  •   शनिबार, चैत ११, २०७९ मा प्रकाशित

टीकापुर – कैलालीको टीकापुरस्थित मानव मलमूत्र व्यवस्थापन केन्द्रमा १ वर्षमा ४५ ट्याङ्कर मलमूत्र पु९याइएको छ । विसं २०७८ मा सुरु भएको केन्द्रमा १ वर्षमा उक्त परिमाणमा मलमूत्र व्यवस्थापनका लागि ल्याइए पनि प्रशोधन भने गरिएको छैन । प्रशोधन प्रक्रिया सुरु हुन आवश्यक मलमूत्र नआएपछि प्रशोधन प्रक्रियाबाट मलमूत्र छान्ने काम अलपत्र परेको छ । केन्द्र अलपत्र पर्न थालेपछि यतिखेर परामर्शदाताका कर्मचारीले नगरपालिका र निजी सङ्कलक ट्याङ्कर चालकसँग छलफल थालेका छन् ।

सञ्चालन भएको २ वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गर्नुपर्ने शर्त छ । तर, सञ्चालन भएर नगरपालिकालाई हस्तान्तरण गर्ने अवधि एक बाँकी रहँदा केन्द्र सञ्चालन हुन नसकेपछि चिन्ताको विषय भएको छ ।

केन्द्र सञ्चालन गर्न आवश्यक मलमूत्र अभावकै कारण प्रशोधन प्रक्रियामा कहाँ कहाँ कमजोरी छ भनेर हेर्न नपाएको परामर्शदाताको भनाइ छ । मलमूत्रको अभावले प्रशोधन गर्ने प्रक्रिया नै सुरु नभएको साना सहरी खानेपानी आयोजनाका इन्जिनियर पारसमणि भट्टले जानकारी गराए ।

‘मलमूत्र अभावले केन्द्र सञ्चालन नभएको हो’, भट्टले भने ‘प्रशोधन केन्द्र सञ्चालन हुन दैनिक नौ घनमिटर मलमूत्र भएपछि मात्र सिस्टम चल्छ ।’
एउटा ट्याङ्करमा तीन घनमिटरसम्म मलमूत्र हुन्छ । दैनिक सञ्चालनलाई ३ ट्याङ्कर मलमूत्र आवश्यक रहेको उनले भनाइ छ । ‘केन्द्र सञ्चालनलाई योजना बनाएर टीकापुरमात्र नभई अन्य पालिकाबाट पनि मलमूत्र ल्याउन आवश्यक छ’ उनले भने । उनले परामर्शदाताले सञ्चालनको पहल गरिरहेको बताए ।

नगरपालिकाले एउटा शौचालयको मलमूत्र सङ्कलन गर्न २ हजार ५ सय शुल्क लिन्छ भने निजी ट्याङ्करले पनि सोही शुल्कमा सङ्कलन गर्छ । टीकापुर नगरपालिकामा शुल्क तिरेको आधारलाई मान्ने हो भने वर्षमा ७७ ट्याङ्कर मलमूत्र केन्द्रमा पुग्नुपर्ने हो । नगरपालिकाको एउटा र २ निजी ट्याङ्करले मलमूत्र सङ्कलन गर्छन् । कैलाली जिल्ला खुलादिसा मुक्त क्षेत्र भए पनि सङ्कलन भएको मलमूत्र मेसिनको सहयोगमा ट्याङ्करले खुल्ला क्षेत्रमा फाल्छन् । मलमूत्र फाल्दा घरधनीबाट खुला क्षेत्रमा फाल्नुपर्छ भन्दै थप शुल्क लिने गरेका छन् ।

‘वर्षभरिमा नगरपालिकाको ट्याङ्करले ७७ घरको शौचालयबाट मलमूत्र सङ्कलन गरेको देखिन्छ भने व्यवस्थापनमा जम्मा ४५ ट्याङ्कर सङ्कलन भएको देखिन्छ’, मलमूत्र व्यवस्थापनका ल्याब टेक्नेसियन आफन्त चौधरीले भने ‘सङ्कलन गर्ने ट्याङ्करकै कारण र कतिपयले घरधनीले घर नजिकै खुला मलमूत्र फाल्दा व्यवस्थापन केन्द्र पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन भने दिसामुक्त क्षेत्रको अवधारणालाई बेवास्ता गरिँदै आएको छ ।’

समाजसेवी निर्मला कडायतले भनीन् ‘नगरपालिका र यस क्षेत्रका अन्य पालिकाले खुला दिसा फाल्नेलाई कारबाही गर्ने नीति नबनाएसम्म करोडौँ लगानीमा बनेको संरचना चल्न सक्दैन । मलमूत्र फाल्दा खुला फाल्ने र घरधनीसँग थप शुल्क लिनेलाई स्थानीय सरकारले कारबाही गर्नुपर्छ ।’

मलमूत्र व्यवस्थापन केन्द्रले दैनिक नौ घनमिटर अर्थात् ९ हजार लिटर मलमूत्र व्यवस्थापन गर्न सक्छ । पछिल्लो जनगणना अनुसार टीकापुरमा १९ हजार घरधुरी छन् भने ९० हजार जनसङ्ख्या छ । केन्द्रमा प्रशोधन भएको पानी जमरा कुलामा पठाउने व्यवस्था मिलाइएको छ ।

शौचालयबाट निकालिएको मलमूत्र आफ्नै बारीभित्रै र खुला क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने समस्या थियो । अब प्रशोधन गरेर ऊर्जा निस्कनेछ । एकपटक प्रशोधन प्रक्रिया सुरु गरेपछि २६ दिनको प्रक्रिया हुन्छ । पक्रिया पूरा भएपछि मल सङ्कलन हुन्छ । झोल थिग्रिदैं सफा पानीमा परिणत हुन्छ ।

नगर प्रमुख रामलाल डगौरा थारुले अहिले परामर्शदाताले नै सञ्चालन गरिरहेको मलमूत्र सङ्कलनका लागि पहल भइरहेको बताए । उनले भने ‘हामीले पटकपटक छलफल गरेका छौैँ, यसलाई व्यवस्थित गरेर सञ्चालनको तयारीमा छौँ, करोडौंको संरचना भएकाले अन्य पालिकासँग समन्वय गरेर व्यवस्थितरुपमा चलाउने तयारीमा छौँ ।’ रासस

  • मलमूत्र
शनिबार, चैत ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
रास्वपाले के–के गर्‍यो निर्णय ?
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
माइक्रो गुडिरहेकै अवस्थामा आगलागी
भोटेकोशी बाढी : एक हजार ४३६ शव भेटिए

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.