धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
शनिबार राति करिब ९ बजेतिर मोहन्याल गाउँपालिका–५ तालबन्दस्थित भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा
गौरीगंगा नगरपालिका–७ का ४५ वर्षीय चक्रबहादुर जेठाराको मृत्यु भएको हो।
से २ त २८५० नम्बरको उक्त ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका जेठाराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए।
जेठाराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोहन्याल गाउँपालिका–५ की २० वर्षीया निर्मला रोका मगर र सोही ठाउँकी ४० वर्षीया गौमती विक घाइते भएका छन्। उनीहरुको मसुरियास्थित मेडिकलमा उपचार भइरहेको छ।
गौरीगंगा नगरपालिका ८ लिक्मा बस्ने ३४ वर्षीय ट्याक्टर चालक मान बहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।













