धनगढी- धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरु तलबभत्ता नपाएको भन्दै धर्नामा बसेका छन् ।
६ महिनादेखि तलबभत्ता नपाएको भन्दै उनीहरुले आइतबार धनगढी उपमहानगरपालिकाभित्र जम्मा भएर धर्ना दिइरहेका हुन् । तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाएका छन् ।
उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले विगत छ महिनादेखि तलबभत्ता नपाएको गुनासो गर्दै आएका छन् ।
तलव सेवासुविधा नपाउँदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाई छ ।

धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरुले आइतबारदेखि सार्बजनिक बिदाको दिन बाहेक धनगढी उप महानगरपालिका प्रशासन शाखामा हाजिरी गरि नगरपालिकाको प्रांगणमा जम्मा भइ कालो पट्टि बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा संचालन गरिएका कार्यक्रमहरुको प्रतिबेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र बिशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरुमा आन्दोलनरत स्वास्थ्यकर्मीहरु सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रममा उल्लेख छ ।













