धनगढी- मातातीर्थ औंसी,आमाको मुख हेर्ने दिन को पावन अबसरमा धनगढी–५ शिवनगर चैतन्य पाठशालाले विद्यालयमा आयोजित विशेष कार्यक्रम मा सम्पूर्ण आमा अभिभाबक हरुलाई सम्मान गरेको छ । विद्यालयकी जेष्ठ आमा अभिभाबक विष्णु देवी थापा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा चैतन्य पाठशालाका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशी, प्रधानाध्यापक हरी प्रसाद जोशी,सञ्चालक समिति सदस्य एबम् संस्थापक प्रिन्सिपल उदय प्रताप सिंहले सम्पूर्ण आमा हरुलाई मायाको चिनो सहित सम्मान गरे ।

कार्यक्रममा विद्यालयका अध्यक्ष एबम् चैतन्यका प्रमूख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले आमा शब्दको पवित्रता र यसको महिमा बारे चर्चा गर्दै धनगढी मा पहिलो पटक मातातीर्थ को पवित्र दिनमा सृष्टि कर्ता ,ममताकी प्रतिमूर्ति सम्पूर्ण मातृ शक्ति लाई नमन् गर्दै यो कार्यक्रम आयोजना गरिएको हो।

वर्तमान समयमा आमाको ममताले नै आदर्श समाज को निर्माण गर्न सकिने र त्यसको लागि आमाहरु शिक्षित नभएपनि असल मार्गनिर्देशन को भुमिका ले देश र सम्पूर्ण विश्वको कल्याण मा अहम भूमिका निर्वाह गर्ने कुरा व्यक्त गरे । शिक्षक रमेश क्षेडाल ले सञ्चलान गर्नु भएको थियो भने स्वागत मन्तव्य हेमा जोशीले गरेकी थिइन् ।


















