धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमैयाको घरमा खाना खाएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–४ पुर्बी मुक्ति टोलमा मुक्त कमैया तथा भलमान्सा छिमानन्द चौधरीको घरमा बिहानको खाना खाएका हुन् ।
शुक्रबार आफनो गृहनगर लम्कीचुहा गएका बेला मुख्यमन्त्री शाह बर्दगोरियाको मुक्तिटोल पुगेका थिए । टोलीमा गाउँपालिका अध्यक्ष कर्ण कँवर, काँग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, जिल्ला सचिव नृपबहादुर सुनार, केशव मिश्र र क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापित भीम पडाल सहभागी थिए ।













