• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

भन्सारमा तालाबन्दीविरुद्ध आन्दोलित बेलौरी

  •   मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित

केशवराज जोशी
बेलौरी कञ्चनपुर
कैलाली भन्सार कार्यालयले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका वडा नं. ६ बैशाखा स्थित आफ्नो मातहतमा ल्याइएको बेलौरी छोटी भन्सारलाई कर्मचारी विहीन, कुरुवा विहीन, सुरक्षा विहीन, मर्मत सम्भार विहीन बनाएर कानुन र अख्तियारीको ठाडो उलङ्घन गरी निलम्बन वा खारेज गरेझैँ अस्तित्व नै मेटाउने गरी तालाबन्दी गरेर अलपत्र पारेको अनौठो घटनाले यहाँका उद्योगी, व्यापारी, बेलौरी उद्योग वाणिज्य सङ्घ, जनता, जनप्रतिनिधि र सरोकारवाला सबैलाई आन्दोलित गराएको छ ।

कैलाली भन्सारको चरम लापरबाही बेवास्ता र उपेक्षाले आफ्नै स्वामित्वको ३ वटा भवन सहित २१,५५५ वर्ग मिटर (३ बिघा, ३ कट्टा, १३ धुर) क्षेत्रफलमा फैलिएको भन्सार परिसर झाडी बन्दी भएर हिंसक जीवजन्तु, दुर्व्यसनी र अन्य गलत तत्त्वको आश्रय स्थल बनिरहेकोमा यात्रु एवं आसपासका बस्तीका लागि भयावह एवं त्रासपूर्ण वातावरण बन्नु दुखद र निन्दनीय कार्य हो । यस्तो खतराजनक वातावरण समाज र सरकारका लागि खास गरी कञ्चनपुर जिल्ला प्रशासन र सुरक्षा निकायका लागि चुनौती हो ।

वि.सं. १९१७ अर्थात् १६३ वर्ष पहिले कैलाली कञ्चनपुरको मुख्य भन्सारको रूपमा स्थापित बेलौरी भन्सार सदरमुकाम विस्थापित गराएको केही वर्षपछि कञ्चनपुर भन्सार अन्तर्गत छोटी भन्सारमा परिणत भई सञ्चालनमा रहँदा अत्यन्त सहज र व्यवस्थित रूपमा सञ्चालित भई उल्लेख्य राजस्व सङ्कलन गर्ने देशकै प्रतिष्ठित र चर्चित भन्सार भएको जानकारहरू बताउँछन् । तर गत दशकमा यस क्षेत्रका जनता, जनप्रतिनिधि एवं कञ्चनपुर जिल्लाका सरोकारवाला सरकारी कार्यालय समेतलाई नजरअन्दाज गरी बेजिल्लाको कैलाली भन्सार कार्यालय मातहतमा बेलौरी छोटी भन्सारलाई राखिनु अव्यवहारिक मात्रै नभएर यस क्षेत्रको भाग्य र भविष्य प्रति खेलबाड गरिएको प्रमाणित हुँदै आएको छ ।

नेपाल तर्फको नमुना वा नयाँ सहर निर्माणमा सूचीकृत “बेलौरी बजार” र भारत तर्फको खजुरीया बजार सीमा क्षेत्रका व्यस्त व्यापारिक केन्द्र हुन् । यी दुवै बजार क्षेत्रलाई नेपालतर्फको सुदूरपश्चिम प्रदेश सरकार पूर्वाधार गौरव योजनाको बेलौरी कलुवापुर सडकखण्ड र भारततर्फको खजुरीया पुरनपुर सवहाइवेले सीमा विन्दुमा मिलान गरेका छन् ।

ऐतिहासिक भौगोलिक वाणिज्य व्यापारिक एवं पर्यटकीय अनुकूलताको आधारमा र बेलौरी भन्सारबाट प्रत्यक्ष लाभान्वित हुने कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि पूर्वी र दक्षिणी भेग अर्थात् शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका समेतका लाखौँ जनताको माग र हकहितलाई ध्यानमा राखी राज्यका विशिष्ट व्यक्तित्वहरूले पनि बेलाबेलामा सार्वजनिक समारोहमा नै जनताको अगाडि बेलौरी छोटी भन्सारको स्तरोन्नति गर्ने गराउने भनी निरन्तर गर्दै आएको प्रतिबद्धता जग जाहेरै छ ।

विशिष्ट व्यक्तिहरूमध्ये सम्माननीय प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति माननीय शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष माननीय खड्ग प्रसाद ओलीको आश्वासन कार्यान्वयन नहुनु सम्बन्धित सबैका लागि गम्भीर चिन्ता र चासोको विषय बनेको छ ।

सम्माननीय प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७० मङ्सिरको चुनावी सभामा बेलौरी छोटी भन्सारको स्तरोन्नति गरिने छ, भनी उद्घोष गरेको आश्वासन कार्यान्वयन नहुँदा झण्डै दश वर्षपछि २०७९ बैशाखको चौथो हप्ता अर्को चुनावी सभामा यो निर्वाचनको लगत्तै बेलौरी छोटी भन्सार स्तरोन्नतिको पहल सरकारबाट नै गरिनेछ भन्ने आश्वासनको १ वर्षपछि २०८० जेठ १३ मा माननीय सांसद तारा लामा तामाङको प्रश्नको जवाफ दिँदै प्रतिनिधि सभा बैठकमा “बेलौरी छोटी भन्सारको स्तरोन्नति विषयमा म आफै सार्वजनिक समारोहमा पनि बोलिसकेको छु ।

भन्सार स्तरोन्नति सम्बन्धमा विश्वस्त गराउन चाहन्छु” भनी पटक पटक दोहो¥याएको प्रतिबद्धता कार्यान्वयनमा नेपाल सरकार अर्थ मन्त्रालयले तदारुकताका साथ चाल्नुपर्ने कदमको आन्दोलन कै चरणबाट सरोकारवाला प्रतीक्षामा छन् ।

२०७० देखि प्रमुख दलका शीर्ष नेतृत्वबाट निरन्तरको आश्वासन र प्रतिबद्धता कार्यान्वयन हुन नसकेको अवस्थामा यहाँ चारै तिर निराशा छायो र आक्रोश पैदा भयो । बेलौरी आन्दोलित भयो । नेता त्रयको कोरा आश्वासनको साङ्केतिक विरोध गर्दै २०८० बैशाख ८ गते बजारमा नारा जुलुस प्रदर्शन गर्दै सङ्कटग्रस्त गराइएको भन्सार प्राङ्गणमा विरोध सभा सम्पन्न भयो । भ्रमणमा आएका मन्त्री एवं नेताहरूलाई ज्ञापन दिँदै सङ्कटग्रस्त भन्सारको स्थलगत अवलोकन गराउँदै आन्दोलन अघि बढ्दै गयो । २०८० जेठ २७ गते बेलौरी उद्योग वाणिज्य सङ्घले भन्सार परिसरमा नै सर्वदलीय सर्वपक्षीय विरोध भेलाको आयोजना गरी आन्दोलन अघि बढाउने म्याण्डेड प्राप्त ग¥यो । आन्दोलन जारी छ । माग पुरा नभएसम्म जारी रहने छ ।

आन्दोलनका मुख्य मागहरू :

१. भन्सारमा लगाइएको ताला तत्काल खोली कार्यालय सुचारु गरियोस् ।
२. नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभाग, कैलाली भन्सार कार्यालय बेलौरी छोटी भन्सार भन्ने साइनबोर्ड र अभिलेखबाट कैलाली भन्सार कार्यालय तुरुन्त हटाइयोस् ।
३. बेलौरी छोटी भन्सारको अस्तित्व नै मेटिने गरी कैलाली भन्सारले गरेका चरम लापरबाही, बेवास्ता, बेथिति, विसङ्गति एवं अख्तियारी दुरुपयोगका कामको छानबिन गरी कारबाही अगाडि बढाइयोस् ।
४. बेलौरी छोटी भन्सारको स्तरोन्नतिका लागि आवश्यक कार्य गरियोस् ।

 

मङ्गलबार, साउन ०२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
व्यक्तिवादबाट संगठनवादतर्फ फर्किनुपर्छ” : मदनराज रेग्मी
सुदूरपश्चिमको समुन्नत विकासका लागि चन्द र खनालको सक्रिय पहल
भेनेजुएलामाथि अमेरिकी आक्रमण र साम्राज्यवादी हस्तक्षेप : एक विश्लेषण
नेकपा एमालेको एघारौँ महाधिवेशन : नेतृत्व, समय र संगठनको पुनर्जागरण एक विश्लेषण
दलित अभियन्ता टिकाराम पार्की
नेकपा एमाले र नयाँ पुस्ताको जिम्मेवारी

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २४ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.