• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

वर्षौँदेखि जहाज आउने बाटो कुर्दै सुदूरका विमानस्थल

"जहाजको ठाउँमा चरा घुम्न थाले "
  •   सोमबार, भदौ ११, २०८० मा प्रकाशित

डोटी- सुदूरपश्चिमको पहाडी जिल्लामा लाखौँ रकम खर्च गरेर निमार्ण गरिएका विमानस्थल जहाजको पर्खाइमा रहेका छन् । तत्कालीन विद्रोही पक्ष माओवादीले ध्वस्त पारेका विमानस्थल माओवादी शान्ति प्रक्रियामा आएको लामो समय सम्म गौचरन बनेका थिए ।

सुदूरपश्चिमका नागरिकको लामो दबाबपछि पक्की धावनमार्ग सहित केही समय चाटर्ड उडान भएका विमानस्थलमा डोटीबाट निर्वाचित भएका प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बनेपछि भने केही महिना नियमित उडान भएका थिए ।

समिट एयरलाइन्स र नेपाल वायु सेवा निगमले यहाँको प्रदेश राजधानी कैलालीको धनगढीबाट डोटीको दिपायल, अछामको साँफेबगर,बझाङको देवल र बैतडीको पाटन विमानस्थलमा उडान भर्दै आएका थिए ।

आले मन्त्रीबाट बाहिरिएसँगै समिट एयरलाइन्सले यात्रु अभाव र नेपाल वायु सेवा निगमले जहाज अभाव भन्दै उडान रोकेपछि नागरिकले पुनः बसको कष्टकर यात्रा गर्न बाध्य भएका छन् । अहिले यहाँका विमानस्थलहरुमा जहाज उड्नुको साटो चराहरु उड्न थालेका छन् ।

दिपायल विमानस्थल

डोटीको दिपायल विमानस्थल २०२६ सालमा स्थापना भई पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको छ । माओवादी आक्रमणबाटै २०५८ सालदेखि पूर्ण रुपमा बन्द रहेको यो विमानस्थल गौचरन र खेलमैदानमा परिणत भएको थियो । २०७३ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको थियो । कुल ६ करोड ८० लाख रुपैयाँको लागतमा ४९० मिटर लम्बाइ धावनमार्ग सहित कालोपत्रे भएको यो विमानस्थल २०७७ सालमा पुनः सञ्चालनमा आएको थियो ।

आले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बनेपछि भने केही महिना नियमित उडान भएको यो विमानस्थलमा जहाज आउन अहिले पुनः बन्द भएको छ ।

साँफेबगर विमानस्थल

यसैगरी २०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालन आएपनि २०५८ फाल्गुनमा माओवादीले ध्वस्त पारेसँगै पुनः बन्द भयो ।

कुल ११ करोड ५० लाख रुपैयाँको लागतमा ५ सय मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरि २०७५ जेठमा पुनः सञ्चालन भएको विमानस्थलमा केही समय जहाज आएपनि अहिले भने आउन छोडेको छ । यात्रु अभाव देखाउँदै जहाज नआउने अछाममा अछामकै कमलजारमा कमलजार विमानस्थल निमार्ण भइरहेको छ । जहाज नआउँदा नागरिकले सास्ती पाउँदै आएका स्थानीयवासीहरु बत्ताउँछन् ।

देवल विमानस्थल बझाङ

२०३२ साल देखि नियमित उडान भएको देवल विमानस्थलमा २०६६ सालबाट जिल्लामा सडक जोडिएसँगै नियमित उडान स्थगित गरिएको थियो । कुल ५ करोड ५० लाखको लागतमा ६ सय ५० मिटर धावनमार्ग कालोपत्रे भएपछि २०७७ सालमा पुनः सञ्चालन भएको विमानस्थलमा हाल यात्रु अभाव देखाउँदै जहाज आउन छोडेको छ ।

पाटन विमानस्थल बैतडी

२०३२ सालदेखि निर्माण सुरु भएको बैतडीको पाटन विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएको बैतडीको पाटन विमानस्थल २०५२ सालदेखि हवाई सेवा बन्द भयो । पछि २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्ण रुपमा ध्वस्त भयो ।

पुनः सञ्चालनको योजनासहित २०७३ सालमा ११ करोडको लागतमा बैतडी विमानस्थल कालोपत्रे गरेर सञ्चालनमा ल्याइएको भएपनि हवाई उडान भने लामो समयदेखि बन्द रहेको छ । २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन–धनगढी कुनै उडान हुन सकेको छैन

गोकुलेश्वर विमानस्थल दार्चुला

२०५८ साल मंसिर ११ गते तत्कालीन विद्रोही नेकपा माओवादीले आगजनी गरेपछि बन्द भएको दार्चुलाको गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालनको लागी अहिले धावनमार्गको उचाई बढाउने काम भइरहेको छ ।

डडेल्धुरा विमानस्थल

सुदूरपश्चिमका नौ जिल्ला मध्ये विमानस्थल नभएको जिल्ला हो डडेल्धुरा । पुर्वप्रधानमन्त्री शेरबहादुर जिल्लाको गृह जिल्ला समेत रहेको गृह जिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिका– १ पुइलेकमा विमानस्थल निर्माणका लागि ईआईएको काम समेत सकिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको काम अगाडी बढाउन गत वर्ष २५ लाख बजेट समेत विनियोजन गरेको थियो । देउवाले समेत निवार्चनको बेला डडेल्धुरा विमानस्थल बन्ने बताउनु भएका थियो तर अहिलेसम्म कुनै काम अगाडी बढ्न सकेको छैन । विमानस्थल चाँडो सञ्चालन हुनुपर्ने डडेल्धुरा बासीको माग छ।

 

  • जहाज आउने बाटो
सोमबार, भदौ ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.