• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • १०. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

पार्टी रुपान्तरण अभियानका लागि माओवादी नेताहरु वडा-वडामा

  •   सोमबार, भदौ ११, २०८० मा प्रकाशित

धनगढी- नेकपा माओवादी केन्द्रले यही भदौ १६ गतेबाट गर्न लागेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको तयारी सुदूरपश्चिममा तीव्र पारिएको छ । माओवादी केन्द्रको प्रदेश समितिले अभियानमा खटिनका लागि नेताहरुको कार्यविभाजन गरेको छ भने जिल्लादेखि वडा तहसम्म पार्टी कमिटीका बैठकहरु भइरहेका छन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नारासहित देशैभरि एकसाथ सुरु हुने अभियान तीन महिनासम्म सञ्चालन हुनेछ । सुदूरपश्चिममा अभियानको तयारी अन्तिम चरणमा पुगेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका सचिव जनक बुढाले जानकारी दिए ।

‘अभियानका लागि नेताहरुको जिम्मेवारीसहित कार्यविभाजन गरिएको छ’ सचिव बुढाले भने, ‘जिल्लाका बैठक सकेर प्रदेशका सबै पालिका र वडाका बैठकहरु हुँदैछन् ।’

पार्टीका केन्द्रिय सचिव एवम् प्रदेश इन्चार्ज डिलाराम आचार्यको संयोजकत्वमा तीन सदस्यीय अभियान सञ्चालन सचिवालय गठन गरिएको छ । स्थायी समिति सदस्य एवम् माओवादी सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्ट र राष्ट्रिय सभा सदस्य एवम् माओवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ सचिवालयको पदेन सदस्य रहेका छन् ।

अभियानको तयारीस्वरुप माओवादीले स्थायी समिति सदस्य भट्टको संयोजकत्वमा अभियान मुल व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामी र सामाजिक विकास मन्त्री झपटबहादुर साउँद रहेका छन् ।

त्यस्तै प्रदेश सभा सदस्य ओमबिक्रम भाटको नेतृत्वमा जनक बुढा, अंजिता श्रेष्ठ, लोकबहादुर बोहरा र दिपेन्द्र रावल सदस्य रहेको प्रचार संयोजन समिति गठन गरिएको माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराइले जानकारी दिए । अभियानलाई लक्षित गरेर माओवादीले प्रदेशका नौवटै जिल्लामा केन्द्रिय सदस्यहरुलाई इन्चार्जको रुपमा खटाएको सचिव भट्टराइले बताए ।

कैलाली जिल्ला इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुरमा बीरमान चौधरी, डडेल्धुरामा हरि ज्ञवाली ‘अखण्ड’ डोटीमा लक्षीराम आचार्य र दार्चुलामा नरेन्द्र कुँवरलाई जिल्ला इन्चार्जको रुपमा खटाइएको छ । त्यस्तै, बैतडीमा रामप्रसाद तिमिल्सिना, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल र अछाममा ओमप्रकाश पुनलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर खटाइएको माओवादी प्रदेश समितिले जनाएको छ ।

तीन महिने अभियानका लागि माओवादीले प्रदेशमा रहेका वैकल्पिकसहित ६६ जना केन्द्रीय सदस्य र प्रदेश सरकारका मन्त्रीहरुलाई समेत विभिन्न पालिकामा खटाएको छ । प्रदेश समितिले केन्द्रीय सदस्यहरुलाई अन्तरजिल्ला, प्रदेश सदस्यलाई अन्तरपालिका र वडा सदस्यलाई अन्तरवडामा खटाएको कार्यालय सचिव भट्टराइले जानकारी दिए ।

केन्द्रीय सदस्यहरु पूर्वमुख्यमन्त्री भट्टलाई चुरे गाउँपालिका, पूर्वमन्त्री बिना मगरलाई धनगढी उपमहानगरपालिका, तारामान स्वाँरलाई लम्की–चुहा नगरपालिका तथा प्रदेश अध्यक्ष चौधरीलाई मोहन्याल र बर्दगोरिया गाउँपालिकामा खटाइएको छ ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री साउँदलाई कञ्चनपुरको पुनर्वास नगरपालिका र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री धामीलाई डडेल्धुराको आलिताल गाउँपालिकामा खटाइएको छ ।

अभियानको तयारीका लागि नौवटै जिल्ला कमिटीका बैठकहरु यही भदौ १० गने सम्पन्न भएका भट्टराइले जानकारी दिए । त्यस्तै प्रदेशका ८८ वटै पालिकाको बैठक भदौ १२ गते र सबै वडाको बैठक १४ गते तोकिएको माओवादी प्रदेश कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही भदौ १६ गते देशभरका सात सय ५३ वटै पालिकामा अभियानको एकसाथ उद्घाटन गर्नेछन् ।

अभियानअन्तर्गत पार्टीको तल्ला कमिटीका बैठक, भेला र प्रशिक्षण गर्ने, सदस्यता नविकरण गर्ने, सहीद तथा बेपत्ताका परिवारलाई भेट्नुका साथै सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा नागरिकलाई जानकारी गराइने माओवादी प्रदेश समितिका सचिव बुढाले जानकारी दिए ।

त्यस्तै बुद्धिजिवी, प्राध्यापक, सेवानिवृत्त कर्मचारी, मजदुर, व्यवसायीलगायतसँग छलफल, अन्तरक्रिया पनि गरिने उनले बताए । अभियानअन्तर्गत वडाभित्र उत्पीडित वर्ग, समुदाय र जनवर्गका भेला, सम्मेलन गर्ने कार्यक्रमहरु पनि तय गरिएका छन् ।

अभियानमा पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर जनताको घरघर पुग्ने लक्ष्य राखिएको सचिव बुढाले बताए । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका बनाइएको माओवादीले जनाएको छ । पार्टीको आठौं महाधिवेशनले पारित गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ सम्बन्धी रणनीति र कार्यनीतिलाई

पार्टी पंक्ति र जनसमुदायबीच पु¥याइने सचिव बुढाले बताए ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ले पार्टीलाई बलियो र सुदृढ बनाउने उद्देश्यले तीन महिने अभियान सुरु गर्न लागिएको बताए । माओवादीका संगठनहरु भद्रगोलको अवस्थामा रहेका बेला यो अभियानले पार्टी पुनर्जीवनमा ठूलो सहयोग पुग्ने उनले बताए ।

‘यसले संगठनहरुलाई चलायमान बनाउन र पार्टीलाई बलियो बनाउन ठूलो सहयोग पुग्नेछ’ अध्यक्ष चौधरीले भने, ‘हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका काम र पार्टीले सरकारमा खेलेको भूमिकालाई जनताको माझमा लिएर जान्छौँ, यसले राजनीतिकरुपमा पनि हामीलाई फाइदा गर्छ ।’

सुदूरपश्चिममा माओवादीका ८८ हजार जना सदस्य रहेको बताइएको छ । अभियानका बेला सदस्यता नविकरणसँगै नयाँ सदस्यता वितरण गरेर पार्टीको सदस्यता संख्या बढाइने प्रदेश अध्यक्ष चौधरीले जानकारी दिए ।

  • पार्टी रुपान्तरण
सोमबार, भदौ ११, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.