धनगढी- पत्थरीको समस्याले उपचाररत बिरामीको मृत्युपछि विवादमा तानिएको धनगढीस्थित स्वस्तिक अस्पताल र मृतकका आफन्तबीच तीन बुँदे सहमति भएको छ । अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिउँसो सो अस्पतालमा तनाव भएको थियो ।
मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको एमबीबीएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्याहोर्ने, २ छोरीहरूको विवाह खर्च ब्याहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति भएको छ ।
उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।













