धनगढी- चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभाको तयारी पुरा भएको छ । प्रदेशस्तरीय समाजवादी मोर्चा नेपालको भोली (बुधवार) धनगढीमा हुने सन्देश सभाको तयारी पुरा भएको हो ।
समाजवादी मोर्चा नेपालले धनगढीमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेशस्तरीय सन्देश सभाको तयारी पुरा भएको जानकारी दिइएको हो ।
सन्देश सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व-प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरी आउने तयारी रहेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले बताइन् । प्रदेशस्तरीय सन्देश सभामा एक हजार जना सहभागि हुने जनाइएको छ ।













