• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्य

  •   मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित

महेन्द्रनगर- हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहौल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ देउडामय बनेको छ । गौरा पर्वसँगै तराईका जिल्ला कैलाली र कञ्चनपुरका ग्रामीण बस्तीसम्म यतिबेला गोलबद्ध भएर देउडा खेल्ने धेरै भेटिन्छन् ।

महेन्द्रनगरको शिवधाम परिसरदेखि धनगढीका विभिन्न स्थानमा अचेल देउडाका पारखी देउडा खेल्दै रमाइरहेका छन् । काँधमा काँध र पैताला मिलाएर खेलिने देउडा सुदूरपश्चिमको पहिचान बनेको छ । देउडामार्फत यहाँ सुख दुःख, मिलन बिछोड तथा मायाप्रीतिका कुरा व्यक्त गर्ने र तालमा ताल मिलाएर देउडा खेल्ने गर्छन् । यहाँका पहाडी समुदायमा जुनसुकै उत्सव र खुसीयालीमा देउडा खेल खेल्ने चलन छ ।

गौरामा देउडासँगै धमारी, चैत, भोलाउलो, ढिस्को, होरी, लैबिरे छम्क, खेलमेरो दर्कादरी, चौबन्दी आमै, च्याट्ट पुतलीलगायत खेल खेल्न सकिन्छ । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा खप्तड समाजले देउडा प्रदर्शनीको तयारी गरेको छ । समाजका अध्यक्ष एवं भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले समाजको अगुवाइमा महेन्द्र स्मारकमा देउडा प्रदर्शन गरिने बताए ।

खड्काले भने–“देउडा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले यहाँ देउडा प्रदर्शनी गर्दै आएका छौँ ।”

यहाँको बेल्डाडी, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुरका साथै भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा हरेक साँझ देउडा खेलिरहेका प्रशस्तै भेटिन्छन् । आगामी शनिबार कञ्चनपुर राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले समेत महेन्द्रनगरमा बृहत् खुल्ला देउडा तथा स्रष्टा सम्मान आयोजना गर्दैछ ।

प्रतिष्ठानका अध्यक्ष एवं देउडा गायक लालबहादुर धामी ‘अछामी बड्डो’ले सुदूरको मौलिक कला, संस्कृतिको पर्वद्धनका लागि देउडा कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी सहभागी हुने बताइएको छ ।

“देउडा सुदूरको विशिष्टीकृत पहिचान हो, देउडाले सुदूरलाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएको छ”, गायक धामीले भने–“भारतका विभिन्न स्थानदेखि अमेरिकासम्म सुदूरपश्चिमेलीले गौरामा देउडा खेलेर रमाइलो गरेका दृश्य सामाजिक सञ्जालमा देख्दा मन आनन्दित बन्यो ।”

महेन्द्रनगरका साहित्यकार हेमबाबु लेखक देउडा हरेक उत्सवमा खेलिँदै आएको बताउनुहुन्छ । “गौरा एउटा उत्सव भएकाले त्यसमा देउडा खेलिन्छ”, उनले भने–“यहाँसँगै भारतको कुमाउँ गडवाल क्षेत्रमासमेत हरेक उत्सवमा देउडा खेल्ने परम्परा छ ।”

सुदूरपश्चिमेली देश–विदेशमा गौराको अवसरमा देउडा खेलेर रमाउने गरेका छन् । “गौराको अवसरमा देउडा मात्रै आयोजना गरेर गौरा भनेकै देउडा मात्रै हो की भन्ने भ्रम नयाँ पुस्तामा आएकाले यो चिन्ताको विषय बनेको छ”, साहित्यकार लेखकले भने–“गौरा छुट्टै संस्कृति र परम्परा हो ।” उनले गौरामा देउडामा रमाए पनि गौराको परम्परागत शैली र विधि अनुसार मनाउन सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

देउडामा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्म रमाइरहेका हुन्छन् । देउडा डोट्याली लोक साहित्यको एक प्रमुख विधा भएको र पछिल्लो समय समुद्र पारी पुगेका सुदूरपश्चिमेली पनि यो पर्वलाई उत्सवका रूपमा धूमधामका साथ मनाउन थालेका छन् ।

साहित्यकार कविराज भट्ट देउडालाई लोकवार्ता र लोकनृत्यका रूपमा लिनुहुन्छ । उनले सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्त्व तथा पहिचान पनि भएकाले यसको संरक्षण र संवर्द्धनका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

“प्रदेशमा बिदा दिएर र टुँडिखेलमा गौरामा देउडा खेलेर यसको प्रचारप्रसार हुने भए पनि मौलिक रूपमा गौरा मनाउन नयाँ पुस्तालाई पनि जोड्नुपर्छ”, उनले भने–“देउडाप्रति युवा पुस्ता पनि उत्साहित नै देखिन्छ ।”

देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषयवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने गर्छ । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ ।

ग्वाल्लेक नागार्जुन समाज महेन्द्रनगरले शिवधामस्थित संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम आयोजना गरेको छ । यहाँ खप्तड समाज, अछाम समाज, महाकाली साहित्य सङ्गम, मन्दिर समितिलगायत सङ्घ÷संस्थाले हरेक वर्ष गौरामा देउडा प्रदर्शनी एवं प्रतियोगिता आयोजना गर्दै आएका छन् । रासस

 

  • मायाप्रीतिदेखि व्यङ्ग्य
मङ्गलबार, भदौ १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.