• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • १०. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

डोटीमा निजी स्रोतका शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह

  •   बुधबार, भदौ १३, २०८० मा प्रकाशित

डोटी- आदर्श गाउॅपालिका–७ स्थित कालिकास्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश दाहाललाई निजी स्रोतका शिक्षकको तलब जोहो गर्न सधैं तनाव हुन्थ्यो । यही पिरलोले गाउँपालिका, चन्दादाता त कहिल्ये अभिभावकहरुलाई तलबका लागि गुहार्नमै समय जान्थ्यो । गाउँपालिकाले खुला प्रतिस्पर्धा गराएर निजी स्रोतका शिक्षकको व्यवस्थापन गरिदिएपछि उनको यो चिन्ता हटेको छ ।

आदर्श गाउँपालिकाले विद्यार्थी अनुपातका आधारमा शिक्षक छनोट गरी निजी स्रोतका शिक्षकको व्यवस्थापन गरिदिएको हो । ‘खुला प्रतिस्पर्धाबाट छनोट भई आएकाले योग्य शिक्षक पनि पायौं, तलबका लागि हारगुहार गर्नुपर्ने झन्झटबाट पनि मुक्त भइयो,’ प्रधानाध्यापक दाहालले भने, ‘यसले विद्यार्थीको पढाइ सुधारमा टेवा पुग्ने अपेक्षा लिएका छौं ।’ कालिकास्थान माविमा पालिकाले माध्यमिक र आधारभूत तहका लागि गाउँपालिकाले तीन जना शिक्षक खटाइदिएको छ ।

गिरीचौका माविका प्रधानाध्यापक नरबहादुर खडायतसँग विभिन्न शीर्षकमा शुल्क उठाएर निजी स्रोतका शिक्षकको तलब ब्यहोर्नुपर्ने बाध्यता थियो । अहिले गाउँपालिकाले माविमा १, आधारभूत तहमा ३ गरी ४ शिक्षक खटाइदिएको छ । ‘हामीलाई शिक्षकको तलब व्यवस्थापनका लागि ठूलो राहत पुगेको छ’, प्रअ खडायतले भने, ‘विषयगत शिक्षक नपाएर हैरान थियौं, पढाइ सुधारमा भन्दा शिक्षकको तलब खुवाउने चिन्ता हुन्थ्यो ।’

३८ सामुदायिक विद्यालय रहेको आदर्शमा यसै महिनामात्रै ५५ जना शिक्षक छनोट गरी पठाएको गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले बताए । निजी स्रोतका शिक्षकको तलबका लागि शैक्षिक अनुदान शीर्षकमा यसअघि वार्षिक एक करोड बजेट विनियोजन गरिन्थ्यो ।

उक्त रकमले पनि अपुग भएर विद्यालयहरु अभिभावकबाट विभिन्न शीर्षकमा शुल्क उठाउँदै आएका थिए । ‘शिक्षकहरुको उचित बन्दोबस्त हुन नसकेको गुनासो आयो’, अध्यक्ष खड्काले भने, ‘संविधानअनुसार निस्शुल्क शिक्षाको प्रत्याभूति दिलाउन दीर्घकालीन समाधानका लागि निजी स्रोतका शिक्षकको जिम्मेवारी पालिकाले उठायो ।’

यसअघि निजी स्रोतमा न्यून तलबमा अध्यापन अनुमतिपत्र नभएका व्यक्ति पनि शिक्षण गर्दै आएका थिए । गाउँपालिकाले शिक्षक सहयोग अनुदान कार्यविधि नै बनाएर कार्यान्वयनमा ल्याएको शिक्षा इकाई प्रमुख पदम विष्टले बताए । उनले विषयगत र अध्यापन अनुमतिपत्र योग्य शिक्षक खुला प्रतिस्पर्धाबाट छनोट गरिएकाले शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे ।

शिक्षा इकाई प्रमुख विष्टका अनुसार खुला प्रतिस्पर्धाबाट छनोट गरी माध्यमिक तहमा १२, आधारभूत तह ९१—८० मा २०, १—५ का लागि २३ जना शिक्षक खटाइएको छ । उनीहरुलाई सरकारले तोकेनुसारको तलबभत्ता उपलब्ध गराइने पालिकाले जनाएको छ ।

दिपायल सिलगढीमा पनि

यता डोटी सदरमुकामको दिपायल सिलगढी नगरपालिकाले पनि कार्यविधिमार्फत २० जना शिक्षक छनोट गरेको छ । विद्यालयको आवश्यकताका आधारमा आवि तहमा १५ र माविमा ५ गरी २० शिक्षक खटाएको नगरपालिका शिक्षा इकाई प्रमुख लक्ष्मीराज ओझाले बताए ।

शैक्षिक गुणस्तर उकास्न शेल्लेश्वर आविलाई समायोजन, शारदा आविको तह घटुवा र १० वटा शिक्षकको दरबन्दी मिलान गरिएको ओझाले बताए ।

‘मावि तहसम्मको शिक्षाको बन्दोबस्त गर्नु स्थानीय तहको दायित्व हो,’ ओझाले भने, ‘समस्याको पहिचान गर्दै आवश्यकताअनुसार शिक्षकको बन्दोबस्त गर्न भ्याएका छौं, यसले शैक्षिक गुणस्तरमा सुधार आउनेमा विश्वस्त छौं ।’

 

  • शिक्षकको व्यवस्थापन
बुधबार, भदौ १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ४ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.