• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरका विद्यालय खुले

  •   बुधबार, भदौ १३, २०८० मा प्रकाशित

धनगढी- यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षकमाथि कुटपिट भएको विषयलाई लिएर कञ्चनपुरमा भएका आन्दोलनका कार्यक्रम फिर्ता लिइएको छ। नेपाल शिक्षक महासंघ कञ्चनपुरले बन्द रहेका विद्यालय बुधबारदेखि खुलाउने गरी आन्दोलनका कार्यक्रम मंगलबार फिर्ता लिएको हो।

गत भदौ ३ गते भीमदत्त नगरपालिका-१० को शिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक वीरेन्द्रप्रसाद जोशीमाथि कुटपिट भएको थियो।उनीमाथि सोही विद्यालयमा कक्षा १० मा पढ्ने एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

आरोपपछि प्रहरीले पक्राउ गरेर लैजाने क्रममा आक्रोशित भीडले शिक्षक जोशीमाथि कृटपिट गरेको थियो। ज्यान लिने गरेर शिक्षकमाथि कुटपिट भएको भन्दै नेपाल शिक्षक महासंघ कञ्चनपुरले आपत्ति जनाएको थियो।

विद्यालय हाताभित्र पसेर लेखापाल जोशीमाथि निर्घात कुपिट गर्ने समूह र घटनास्थलमा खटिएका प्रहरीलाई कारबाहीको माग गर्दै सोमबारदेखि जिल्लाव्यापी शिक्षण संस्था बन्द गरिएको थियो।

उनीहरूको मागअनुसार जिल्ला प्रशासन कार्यालयले प्रहरी अधिकृतमाथि छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी संयोजक रहेको चार सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिएसपी तथा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त अनुसन्धान निर्देशक रहेका छन्। यो समितिले सुरक्षा निगरानीमा रहेका शिक्षकमाथि कसरी कुटपिट भयो भन्ने विषयमा अनुसन्धान र छानबिन गर्ने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।

‘प्रहरीको नियन्त्रणमा आइसकेपछि पनि के कारणले उनीमाथि कुटपिट भयो, सुरक्षा व्यवस्थामाथि कमीकमजोरी भयो भन्ने प्रश्न पनि आए, र भविष्यमा यस्ता घटना दोहोरिन नदिन समिति गठन गरेर छानबिन हुनेछ,’ उनले भने।

शिक्षकमाथि कुटपिट गरेको भन्दै केही व्यक्तिको नाममा किटानी जाहेरी दिइएको थियो। जाहेरीअनुसार प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।दुई जना फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक जोशी अहिले प्रहरीको निगरानीमा धनगढीको निसर्ग अस्पतालमा उपचाररत् छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार उनीमाथि यौन दुर्व्यवहार गर्न नहुने मुद्दा दर्ता भएर थप कारबाहीका लागि पक्रिया अघि बढेको छ।

  • विद्यालय खुले
बुधबार, भदौ १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.