• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

विप्लवको चेतावनीपछि धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सभा नै स्थगित

"अन्य प्रदेशमा हुने सभा पनि अनिश्चित "
  •   बुधबार, भदौ १३, २०८० मा प्रकाशित

काठमाडौं- अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) कार्यान्वयनलाई लिएर सत्तारूढ तीन दल र विप्लव नेतृत्वको नेकपासहितको समाजवादी मोर्चाभित्र विवाद उत्पन्न भएको छ ।

बुधबार(आज)देखि कार्यान्वयनमा जान लागेको एमसीसीलाई लिएर मोर्चा आबद्ध दलहरूबीच विवाद उत्पन्न भएको हो । कम्तीमा संसदबाट अनुमोदन भएको १२ बुँदे व्याख्यात्मक घोषणा सम्बन्धमा अमेरिकाले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै मोर्चामा सहभागी दलहरूभित्र विवाद छ ।

एमसीसी कार्यान्वयन हुन नदिने चेतावनी दिँदै विप्लवको पार्टी सडक संघर्षमा उत्रिएको छ । अर्को घटक जसपा अन्योलमा छ । मोर्चामा सहभागी भएका दलहरूबिच विवाद उत्पन्न भएपछि सुदूरपश्चिमको धनगढीमा हुने भनिएको मोर्चाको सन्देशसभा नै स्थगित भएको छ ।

एमसीसी कार्यान्वयनलाई लिएर बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।

२ घण्टा लामो भेटघाटमा उनले संसदबाट अनुमोदन भएको १२ बुँदे व्याख्यात्मक घोषणाका सम्बन्धमा अमेरिकाको आधिकारिक धारणा नआएसम्म कार्यान्वयन नगर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे । तर प्रधानमन्त्रीले एमसीसी कार्यान्वयन कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ फर्काएका थिए ।

प्रधानमन्त्रीको जवाफबाट रूष्ट भएका विप्लवले ययास्थितिमा माओवादी केन्द्रसँग सहकार्य गर्न नसकिने भन्दै आफू धनगढीमा हुने मोर्चाको कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका थिए । स्थगित बैठक बस्ने सम्बन्धमा केही थाहा नभएको नेकपाका नेता अनिल शर्मा विरहीले बताए ।

उनका अनुसार यथास्थितिमा बिहीबार कर्णालीको सुर्खेत, शुक्रबार गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौंडा र २५ गते कोशीको विराटनगरमा हुने सभामा पनि आफूहरू सहभागी नहुने चेतावनी विप्लवले दिए ।

राष्ट्रियतामाथि दीर्घकालीन असर पर्ने विषयमा सरकार संवेदनशील नदेखिएकोमा असन्तुष्टि जनाउँदै उनले एमसीसी कार्यान्वयनविरूद्ध थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिए ।

‘संसदबाट अनुमोदन भएको १२ बुँदे सहमतिबारे अमेरिकाको एमसीसी कार्यालयले आधिकारिक लिखित पत्र पठाएको छैन । उसको लिखित जवाफ नआएसम्म हामी एमसीसी कार्यान्वयन हुन दिँदैनौं’, शर्माले भने, ‘यसमा प्रधानमन्त्रीको समेत निरीहता देखियो ।

यथास्थितिमा मोर्चाको कार्यक्रममा सहभागी नहुने भनेपछि आजको सभा स्थगित भएको हो । यही अवस्थामा बाँकी कार्यक्रममा पनि हामी सहभागी हुँदैनौं ।’

तर माओवादी केन्द्र र एकीकृत समाजवादीले शीर्ष नेताहरू व्यस्त भएकाले धनगढीको कार्यक्रम स्थगित भएको जिकिर गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रधानमन्त्रीसहित शीर्ष नेताहरू व्यस्त भएकाले सभा स्थगित भएको बताए । उनले धनगढीको सभा स्थगित भए पनि बाँकी सभा हुने जानकारी दिए । एमसीसीलाई लिएर दलहरूभित्र विवाद भएको उनले स्वीकार गरे ।

‘प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको कार्यव्यस्तताका कारण धनगढीमा हुने कार्यक्रम स्थगित भएको हो । बाँकी कार्यक्रम हुन्छ । दलहरूको सहमतिमा सुदूरपश्चिममा फेरि कार्यक्रम राख्छौँ । एमसीसीलाई लिएर विवाद भए पनि आपसी समझदारीमा अगाडि बढ्छौँ । यसले मोर्चालाई कुनै असर गर्दैन’, उनले भने ।

उनले एमसीसी कार्यान्वयन सम्बन्धमा अमेरिकी अधिकारीले प्रधानन्त्रीसँग मौखिक प्रतिबद्धता जनाए पनि लिखित प्रतिबद्धता नआएको जानकारी दिए ।

एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले एमसीसी कार्यान्वयनलाई लिएर मोर्चा आबद्ध दलहरूबिच विवाद उत्पन्न भए पनि समाजवादी यात्रामा यसले कुनै असर नगर्ने जिकिर गरे । शीर्ष नेताहरूको कार्यव्यस्तताका कारण धनगढीको सभा स्थगित भएको उनको जिकिर छ ।

‘दलका शीर्ष नेताहरू कार्यव्यस्तताका कारण सुदूरपश्चिमको कार्यक्रम स्थगित भएको हो । एमसीसीको कारण रोकिएको होइन । अन्य कार्यक्रम स्थगित भएको छैन’, हमालले भने, ‘एमसीसी कार्यान्वयनलाई लिएर दलहरूबिच केही विवाद उत्पन्न भए पनि यसले आगामी यात्रालाई कुनै असर पर्दैन ।’

विवादकाबिच २०७८ फागुन १५ गते व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएको एमसीसी कार्यान्वयनलाई लिएर मोर्चामा आबद्ध दलहरूबीच फेरि लफडा सुरू भएको हो ।

दिउँसो ३ बजे नेपाल सरकार र एमसीसीबिच कार्यान्वयनमा जाने सम्झौता पत्र आदानप्रदान हुने कार्यक्रम तय भएको छ । सम्झौताका लागि अमेरिकाबाट एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइसकेका छन् ।

एमसीए नेपालका सञ्चार विज्ञ पुस्कर माथेमाले आजदेखि कार्यान्वयनमा जाने एमसीसी परियोजना ५ वर्षमा सकिने बताए । कार्यान्वयनका लागि केही स्थानमा जग्गा प्राप्ति भएसके पनि अन्य स्थानमा मुआब्जा बापतको जग्गा प्राप्ति विवाद कायमै छ । रातोपाटीबाट

  • विप्लवको चेतावनी
बुधबार, भदौ १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.