धनगढी- कैलाली अस्पताल र एनएमबि बैङ्क चौराहा शाखा बिच सेवा वितरणमा सम्झौता भएको छ । कैलाली अस्पतालका तर्फबाट अध्यक्ष जनकराज जोशी र एनएमबि बैकका तर्फबाट एरिया म्यानेजर अमन जोशी बिच सेवा वितरणमा सम्झौता भएको हो । अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरूमा बैंकका कर्मचारीहरू र ग्राहाकहरुलाई २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
कैलाली अस्पतालका तर्फबाट अध्यक्ष जनकराज जोशी र एनएमबि बैकका तर्फबाट प्रदेश प्रमुख श्याम अधिकारी बिच सेवा वितरणमा सम्झौता भएको थियो । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए ।
















