धनगढी- सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयको सरुवा भएको छ । सुदूरपश्चिम सरकारको ६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले डा पाण्डेको सरुवा गरेको हो ।
डा. पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरिएको हो । डा.पाण्डे ११ औँ तहका चिकित्सक हुन् ।२०७५ साउनमा डा. पाण्डेलाई स्वास्थ्य निर्देशनालयले मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिएको थियो ।















