• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • १०. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

भीमदत्त नगरका कर्मचारीलाई भ्रष्टाचार मुद्दा, कार्यालय खाली

  •   बिहिबार, भदौ १४, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका कर्मचारी भ्रष्टाचारमा मुछिएपछि राजस्व तथा आर्थिक फाँटदेखि प्रशासनिक लगायतका कार्यकक्ष खाली हुन थालेका छन् । नगरपालिकाको अघिल्लो कार्यकालमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तीन चरणमा तत्कालीन नगर प्रमुख, वडाध्यक्षसहित आर्थिक, प्रशासन तथा प्राविधिक फाँटका कर्मचारीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

एकपछि अर्को गरी कर्मचारीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता भएसँगै कर्मचारी निलम्बनमा परेकाले नगरपालिका कार्यालय सुनसान बनेका छन् ।

महाकालीको नदीजन्य पदार्थको रोयल्टीमा नियमविपरीत छुट दिएको विषयमा राजस्व चुहावट भएको भन्दै अख्तियारले मंगलबार तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसअघि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, प्रशासकीय अधिकृत, शाखा अधिकृत, लेखा प्रमुखलगायतका नाममा मुद्दा दर्ता भइसकेको छ ।

‘नगरपालिका त खाली हुने अवस्था आइसक्यो, फाँट प्रमुख सबै मुद्दामा मुछिएर निलम्बनमा परेपछि कार्यालयको दैनिक कामकाजमै समस्या आउन थाल्यो,’ नगरपालिकाका एक कर्मचारीले भने, ‘भएका कर्मचारी पनि काम गर्न डराइरहेका छन् ।’ कोरोना संक्रमणका बेला महाकाली नदीको रोयल्टीमा भीमदत्त नगरपालिकाले छुट दिने निर्णय गरेको थियो ।

उक्त निर्णयका कारण नगरपालिकाको राजस्व चुहावट भएको भन्दै तत्कालीन नगर प्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, इन्जिनियर हिमालयसिंह ऐर, प्रशासकीय अधिकृत सुवास अधिकारी, हरिसिंह धामी, लेखा अधिकृत गोविन्द उपाध्याय र विक्रम भण्डारी, शाखा अधिकृत नरबहादुर शाह, नरेन्द्रदेव भट्ट, नासु विष्णुदेव भट्ट र लेखापाल दीपेन्द्र चौधरीविरुद्ध मुद्दा दर्ता भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्ट अवकाश भइसकेका छन् भने बाँकी सबै बहालवाला कर्मचारी हुन् ।

‘विभिन्न फाँटका कर्मचारीमाथि मुद्दा लागेपछि नगरपालिकाको कामकाजमा समस्या भए पनि जसोतसो व्यवस्थापन गरेका छौं,’ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र जोशीले भने, ‘नगरपालिकाको कामकाजमा कुनै समस्या आएको छैन, हामीले खाली भएका ठाउँमा अन्य कर्मचारीलाई जिम्मेवारी दिएका छौं ।’

अहिले प्रमुख प्रशासकीय अधिकृत यमनारायण गौली पनि बिदामा छन् । लेखा शाखाका दुई जना कर्मचारी निलम्बनमा परेपछि शाखा नै रिक्त भएको नगर कार्यपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए । ‘लेखा शाखा त खाली नै भयो,’ उनले भने, ‘हामीले कर्मचारी माग गरेका छौं, तत्काल कर्मचारी नआएमा नगरपालिकाको कामकाज नै ठप्प हुन्छ ।’

पछिल्लो पटक भदौ १२ मा तत्कालीन नगर प्रमुख विष्टसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, रोयल्टी छुट दिनका लागि गठित कार्यदलका संयोजकसमेत रहेका वडा १७ का अध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालयसिंह ऐर, लेखा अधिकृतद्वय गोविन्द उपाध्याय र विक्रम भण्डारी तथा नासु नरेन्द्रदेव भट्टका नाममा पनि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

यसैगरी रोयल्टी छुट पाउने निर्माण कम्पनी भवानी कन्स्ट्रक्सनका सञ्चालक केशवदत्त भट्ट, पुष्पराज भट्ट र ईश्वरी भट्टका नाममा पनि मुद्दा दर्ता भएको छ ।

यसअघि अख्तियारले असार १० मा आर्थिक वर्ष ०७७/०७८ मा तत्कालीन नगर प्रमुख विष्टसहित प्रमुख प्रशासकीय अधिकृत भट्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशी, राजस्व छुटका लागि गठित कार्यदलका संयोजक तथा वडा १७ का अध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत धामी, शाखा अधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालयसिंह ऐर, लेखा अधिकृत गोविन्द उपाध्यायका नाममा मुद्दा दर्ता गरेको थियो । उक्त आर्थिक वर्षमा रोयल्टी छुट दिँदा १ करोड ३४ लाख राजस्व चुहावट गरेको दाबी अख्तियारले गरेको छ ।

यसैगरी निर्माण सामग्री उत्खननको ठेक्का पाएको निर्माण कम्पनी भवानी कन्स्ट्रक्सन प्रालिका सञ्चालक केशवराज भट्ट, पुष्पराज भट्ट, आधिकारिक प्रतिनिधि दिवाकर भट्ट र ईश्वरीप्रसाद भट्टका नाममा मुद्दा दर्ता भएको छ । प्रतिनिधि ईश्वरीको मृत्यु भइसकेकाले उनका हकदार श्रीमती खगेश्वरीबाट बिगो मागदाबी गरिएको छ ।

नगरपालिकाले उक्त वर्ष निर्माण कम्पनीलाई राजस्व छुट तथा ठेक्का रकम घटाएर ३ करोड ३३ लाख २२ हजार ५ सय ८३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको अख्तियारको दाबी छ ।

आर्थिक वर्ष ०७८/७९ मा रोयल्टी छुटकै विषयमा चैत २९ गते अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्ट, लेखा अधिकृत उपाध्याय, इन्जिनियर ऐर, शाखा अधिकृत अधिकारी, नासु विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीका नाममा मुद्दा दर्ता भएको छ ।

यसैगरी भवानी कन्स्ट्रक्सनका सञ्चालक केशवराज भट्ट, ईश्वरी भट्ट र प्रतिनिधि दिवाकर भट्टका नाममा मुद्दा दर्ता भएको छ । उक्त आर्थिक वर्षमा ५ करोड ४३ लाख ३१ हजार ८ सय २७ रुपैयाँ राजस्व चुहावट भएको दाबी गरेको छ ।

  • कार्यालय खाली
बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ५ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.