• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

ब्रह्मदेवमा बाटो बिग्रेपछि सवारीसाधन सञ्चालनमा समस्या

  •   बिहिबार, भदौ १४, २०८० मा प्रकाशित

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारमा कल्भर्टसित जोडिएको बाटो बिग्रिएपछि सवारी साधन सञ्चालनमा समस्या आएको छ । एक साताअघिको पानीले ब्रह्मदेव बजार पश्चिममा कल्भर्टसित जोडिएको बाटोको ग्राभेल बगाएको थियो । ग्राभेल बगेपछि बाटोको सतहभन्दा कल्भर्ट अग्लो भएको कारण सवारी साधन सञ्चालनमा समस्या देखिएको हो ।

बाटो बिग्रिएपछि कल्भर्ट वारिपारि सवारी छाडेर नेपाल–भारत दुवै देशका बासिन्दा आवागमन गर्न बाध्य छन् । उक्त बाटो दुवै देशका बासिन्दाले दैनिक प्रयोग गर्दै आइरहेका थिए । ब्रह्मदेव बजारका व्यवसायीहरूले बाटोको ग्राभेल बगेपछि सवारी साधन चलाएर आवतजावत गर्न समस्या भएको बताए । स्थानीय केशव भण्डारीले कल्भर्टका छेउमा बाटोको ग्राभेल बगाएपछि गाडी, मोटरसाइकल, साइकल कुनै पनि सवारी साधन चलाउन सक्ने अवस्था नभएको बताए ।

उनले भने, ‘हातले समातेर बल्लतल्ल कल्भर्टमा चढाएर वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।’ त्यसैगरी २०६४ सालमा नालामा कल्भर्ट बनाएपछि बाटोमा ग्राभेल हालिएको थियो । अहिले भारतीय अवरोधको आशंकामा बाटोमा ग्राभेल हाल्ने कार्य हुन सकेको छैन । डेढ दशकअघि ग्राभेल गर्दा भारतीय अवरोध नभएको स्थानीयहरू बताउँछन् । स्थानीय मदन जोशीले दैनिक आवतजावत हुने बाटो मर्मत नभए दुर्घटना भएर अप्रिय घटना हुन सक्ने बताए ।

उनले भने, ‘कति बेला दुर्घटना हुन्छ थाहा छैन, हामी यहाँ बस्नेभन्दा बाहिरबाट आउने नयाँ मान्छे यसमा पर्न सक्छन् । बिग्रेको बाटो बनाउन व्यवसायी, स्थानीय सरकार, जनपद, सशस्त्र प्रहरी र प्रशासन कार्यालयसम्म पुगे पनि बाटो बन्न सकेन ।’ ब्रह्मदेव बजार व्यवस्थापन समितिका सचिव यज्ञराज भट्टले बाटोका लागि भेट्न बाँकी कोही पनि नभएको बताए । उनले भने, ‘वडादेखि लिएर नगरपालिका र सशस्त्र, जनपद, प्रशासन सबैसम्म पुगिसकेका छौं । उक्त बाटो जस्तो छ, अहिले पनि त्यस्तै छ ।’

व्यवसायी आफैं बाटो मर्मतका लागि अघि सरे पनि सशस्त्र प्रहरीको साथ नपाएपछि उनीहरू मर्मत कार्यबाट पछि हटेको समिति सचिव भट्टले बताए । ब्रह्मदेवस्थित सशस्त्र प्रहरीको बिओपीले भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले रोक्ने र सशस्त्रलाई माथिको निर्देशन नभएको भन्दै उक्त मर्मत कार्य रोकेको थियो । ब्रह्मदेव बजार व्यवस्थापन समितिका सचिव भट्टले नेपाली भूमिमा बाटो बनाउन भारतीय एसएसबीसित सल्लाह लिनुपर्ने कुनै आवश्यकता नभएको बताए ।

उनले भने, ‘यो नेपाली भूमि हो, भारतले विवादित छ भन्दैमा हाम्रो भूमिमा बाटो भारतलाई सोध्नुपर्छ भन्ने कही छैन ।’ नेपाली भूमि भएकाले भारतको कुरालाई वास्ता नगरी अघि बढ्नुपर्नेमा भट्टको जोड छ । यसैबीच भीमदत्त नगरपालिकाले ठेक्का सम्झौता गरी निर्माण सुरु गरेपछि सडक कालोपत्रे निर्माण कार्य रोकिएको थियो । अहिलेसम्म पनि सडक कालोपत्रे निर्माण अघि बढेको छैन । भारतले सिद्धनाथ मन्दिर छेउ भएर आएको चक्रपथ निर्माण कार्यमा अवरोध गरेको थियो । भारतीय अवरोधका कारण कल्भर्ट नजिक नालापछाडि कल्भर्ट बनाउने कार्य समेत रोकिएको थियो ।

स्थानीय प्रेम सिंहले भारतले त्यतिवेला पनि उक्त बजारसम्म सडक कालोपत्रे गर्न खोजेको बताए । उनले भने, ‘हामीले हाम्रो भूमि हो, हामी गर्न दिँदैनौं भनेपछि मात्र पछि हटेको थियो । अहिले उक्त बाटोमा ग्राभेल हाल्न सशस्त्रले एसएसबीलाई रोक्ने हो भनेर हाल्न दिएको छैन । भारतले टनकपुर बाँधभित्र परेको सीमा स्तम्भ नंं।–३ लाई देखाउँदै ब्रह्मदेवमा बर्सेनि विवाद झिक्दै आएको छ् । उक्त विवादका कारण भारतले केही वर्षअघि सिद्धनाथ सामुदायिक वनलाई समेत वृक्षारोपणमा अवरोध गरेको थियो ।’

भीमदत्त नगरपालिका–९ का वडा अध्यक्ष गगन सिंह कार्कीले उक्त बाटो बिग्रिएपछि मर्मतका लागि प्रशासन कार्यालयसम्म पुगेको बताए । उनले भने, ‘यसबारे सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसँग कुराकानी गरिएको छ ।’ त्यसैगरी ब्रह्मदेवस्थित सशस्त्र प्रहरीको बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सूर्यप्रसाद पन्तले वर्षौैंदेखि विवाद भएकाले दुई देशको सहमतिबिना उक्त बाटो बनाउन सकिने अवस्था नदेखिएको बताए । उनले भने, ‘यसमा विवाद छ, यो पुरानो विवाद हो, दुई देशको सहमति भएपछि मात्र उक्त बाटो बनाउन सकिन्छ ।’ कारोबारबाट

  • बाटो बिग्रेपछि
बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.