• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

बडिमालिकामा सेनाको शिविर,एक हजार आठ सयभन्दा बढीलाई सेवा

  •   शनिबार, भदौ १६, २०८० मा प्रकाशित

काठमाडौं- बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा भदौ शुल्क पूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा सहभागी हुनेलाई लक्षित गरी नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा एक हजार आठ सय ६६ जनाको उपचार भएको छ ।

चार हजार दुई सय १२ फिटको उचाइमा रहेको बडीमालिकाको तीर्थस्थल त्रिवेणी र बडीमालिका मन्दिरमा पाँच सय ४५ पुरुष र तीन सय २१ महिला गरी आठ सय ६६ जनालाई स्वास्थ्योपचार गरेको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार बडीमालिकामा दर्शन गर्न गएका तीर्थयात्रीलाई अक्सिजन अभावका कारण र विभिन्न प्रकारका बिरामी थला परेर सिकिस्त बिरामी भएपछि सेनाको मेडिकल टोलीले उद्धार गर्दै सेनाको मेडिकल क्याम्पमा उपचार गरिएको छ ।

बडीमालिकाको दर्शनका लागि गएका तीर्थयात्रीलाई लेक लाग्ने र अक्सिजन अभावका कारण समस्या आउने भएकाले दुर्गाभञ्जन गुल्मको संयोजकत्व तथा श्री नं ५ फिल्ड एम्बुलेन्स गुल्मको डाक्टर अधिकृतसहितको मेडिकल टिमले आठ सय ६६ जनाको उपचार र नौ सय ५५ जनालाई उपचार परामर्श सेवासहित एक हजार आठ सय २१ जनालाई उपचार गरेको सेनानी सिंहले बताए ।

बडीमालिका मन्दिर र त्रिवेणी धाममा आएका दर्शनार्थीलाई हुनसक्ने जोखिम र समस्यालाई निराकरण गर्न गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेना बाजुराले जनाएको छ ।

छ जनाको उद्धार
धार्मिक तथा पर्यटकीय बडीमालिकाको दर्शनका लागि गएका लेक लागेर र अक्सिजन अभावका कारण सिकिस्त बिरामी भएका छ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जनाएको छ ।

भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन लाग्ने बडीमालिकाको पूजाका लागि दर्शन गर्न गएका दर्शनार्थी छ जनालाई अक्सिजन अभावका कारण त्रिवेणीधाममा लडेर अचेत अवस्थामा रहेकालाई सेनाको हेलिकोप्टरमार्फत उपचार गरिएको दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले बताए ।

सेनाको हेलिकोप्टरमा कालीकोट पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी नगरपालिका–९ बस्ने ६५ झुपुदेवी धामी, त्रिवेणी नगरपालिका–१ छताराका २३ वर्षीय भरतबहादुर बुढा, कैलाली जिल्ला गोदावरी नगरपालिका अत्तरियाका ६३ का ईश्वरी बोहरा र ५२ वर्षीया गङ्गादेवी बोहरा र जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका–२ बस्ने ४६ वर्षीया विनुदेवी बस्नेतलाई उद्धार गरिएको बताए ।

उद्धार गरिएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने चार जनालाई उपचारपछि घर फर्काइएको छ । उद्धार गरिएका पाँच जनालाई लेक लागेर अक्सिजन अभावका कारण त्रिवेणी धाममा लडेर अचेत अवस्थामा फेला पारेपछि त्रिवेणीमा सञ्चालन गरिएको र प्राथमिक उपचारपछि जिल्ला अस्पताल बाजुरामा थप उपचारका लागि पठाइएको थियो । जुम्लाकी विनुदेवी बस्नेतको बडीमालिकाबाट घर फर्किने क्रममा त्रिवेणी धाम नजिकै लडेर दायाँ खुट्टा भाँचिएपछि उद्धार गरिएको सेनानी सिंहको भनाइ रहेको छ ।

दुईको मृत्यु

बडीमालिकामा लेक लागेर सिकिस्त बिरामी भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट जिल्ला पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने छन् । उनलाई त्रिवेणी धाममा लडेर घाइते भएर अचेत अवस्थामा रहेका बेला सेनाको फेला पारेपछि प्राथमिक उपचारपछि थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै अक्सिजन अभावका कारण त्रिवेणीमा लडेर अचेत अवस्थामा रहेका त्रिवेणी नगरपालिका–१ छताराका २३ वर्षीय भरतबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । बुढालाई नेपाली सेना बाजुराले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा प्राथमिक उपचार गर्दागर्दै मृत्यु भएको दुर्गा भञ्जन गुल्मका सेनानी सिंह बताए ।

मृत्युपछि बुढाको शवलाई नेपाली सेनाको एनए ०६१ को हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बाजुरामा परीक्षण गरेर शव आफन्तलाई बुझाइएको हो । बडीमालिकामा नेपाली सेनाको मेडिकल क्याम्पले प्राथमिक उपचारसँगै उद्धार गरेर चार जनाको ज्यान बचाउन सफल भएको छ ।

 

  • सेनाको शिविर
शनिबार, भदौ १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.