• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

  • ९. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • १०. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

ताक्लाकोटका पसलमा ताला लगाएका व्याँसवासी फर्किन आतुर

  •   आइतबार, भदौ १७, २०८० मा प्रकाशित

दार्चुला- चीनसँगका स्थानीय नाका लामो समयदेखि ठप्प हुँदा हिमाली भेगका नागरिक मारमा परेका छन् । स्थानीयले आफ्ना उत्पादन निर्यात गर्नेदेखि चिनियाँ बजारबाट खाद्यान्नलगायत अत्यावश्यक सामान आयात गर्न पाएका छैनन् । बझाङको उरै र दार्चुला जोड्ने ताक्लाकोट नाका कोभिडयता चार वर्षदेखि बन्द छन् । यी नाका उत्तरी क्षेत्रका नागरिकका लाइफलाइन हुन् ।

ताक्लाकोटका पसलमा ताला लगाएर आएका दार्चुलावासी फर्केर तिब्बती बजार जान आतुर छन् । चार वर्षअघि ०७६ चैतमा कोभिड– १९ महामारीका कारण ताक्लाकोट नाका र त्यहाँको बजार बन्द भएपछि नेपाली व्यवसायी घर फर्किएका थिए । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट (पुरङ)मा सन् १९९६ देखि व्यापार थालेका व्याँस गाउँपालिका– १ छाँगरूका योगेशसिंह बोहोरा पनि कोभिड– १९ संक्रमणपछि त्यहाँ जान पाएका छैनन् ।

हिउँ कम हुँदा वर्षको ६ महिना सीमावर्ती बजार ताक्लाकोटमा बसेर व्यापार गर्दै आएका व्याँसवासीले यसबीचमा आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ । नेपालबाट तिब्बत गई व्यापार गर्ने दार्चुलाका व्यवसायीलाई पसलका सामानसँगै आफ्नो पुँजी फसेकोमा चिन्ता छ । तर, अहिले नाका खुल्ने चर्चासँगै छाँगरू–तिंकरका व्यवसायी ताक्लाकोट जाने चाँजोपाँजो मिलाउन थालेका छन् । यहाँ झन्डै ८० भन्दा बढी पसल थिए ।

बर्सेनि हिउँदयाम छल्दै तिंकर नाकापारि ताक्लाकोट गएर व्यापार–व्यवसाय चलाउने दार्चुलाका ४० परिवारभन्दा बढी नेपालीको त्यहाँ पुस्तौँदेखिको सामाजिक–सांस्कृतिक सम्बन्ध छ । व्याँस गाउँपालिकाको नेतृत्वमा केही दिनअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी ओली नेपालस्थित चिनियाँ राजदूतावासमा पुगेर तिंकर नाका तत्काल खोल्न आग्रह गर्दै ज्ञापन बुझाइएको छ ।

‘चार वर्षदेखि बन्द रहेको नाका छोटो समयका लागि भए पनि खोलियोस् र त्यहाँ सरकारीस्तरमै विधिवत् रूपले एउटा स्थायी नाका सुरु गरियोस् भनेर माग राखेका छौँ,’ व्याँस– १ का वडाध्यक्ष अशोकसिंह बोहोराले भने । माओवादी द्वन्द्वकालमा विस्थापित भएको भारतको सीतापुलसँग जोडिने छाँगरू छोटी भन्सार र तिब्बतको ताक्लाकोटसँग जोडिने तिंकर छोटी भन्सार पुनर्स्थापित हुनुपर्ने व्याँसका दानसिंह तिंकरी बताउँछन् ।

गृह मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेर नाका सञ्चालन गर्न दुई हप्ताअघि मात्र दार्चुला प्रशासनलाई निर्देशन दिएको थियो । तर, चिनियाँ प्रशासनसँग सम्पर्क हुन नसक्दा ढिलाइ भएकोे प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । ‘काउन्टरपार्टसँग सम्पर्क र समन्वय गरेपछि मात्रै नाका खुल्ने मिति निर्धारण हुन्छ,’ उनले भनिन्, ‘भौगोलिक दूरी र सञ्चार सम्पर्कमा पनि कठिनाइ भइरहेको छ ।’

व्यापारी मात्र नभई अन्य सर्वसाधारणका लागि पनि रोजीरोटी आर्जनको गन्तव्य हो, ताक्लाकोट । व्याँस गाउँपालिका– १ का छाँगरू र तिंकरका स्थानीय वस्तुभाउ पाल्ने र भारतको धार्चुला तथा तिब्बतको ताक्लाकोटमा व्यापार–व्यवसाय तथा श्रमको काम गर्नेजस्ता आर्थिक स्रोतमाथि आश्रित रहँदै आएका थिए । ताक्लाकोट जान नपाएपछि भारततर्फ निर्भरता बढेको छ ।

छाँगरू, तिंकर पुग्न नेपाली भूमि भएरै बाटो छैन । दार्चुलाको उत्तरी हिमाली गाउँ तिंकरदेखि दुई किलोमिटर दूरीमा सीमावर्ती प्रहरी पोस्ट छ । त्यहाँदेखि चार घन्टाको पैदल दूरीमा नेपाल–चीन सीमाको पिल्लर नम्बर १ पर्छ । त्यसपछि तिब्बती क्षेत्रको कालोपत्रे सडकमार्गको २२ किलोमिटर पार गरेपछि ताक्लाकोट पुगिन्छ, जसको चिनियाँ नाम पुरङ हो ।

नाका खुल्ने चर्चा चलेपछि व्याँस– १ ले ३० जनालाई ताक्लाकोट जान पासका लागि सिफारिस दिएको छ । पहिलो चरणमा व्याँस गाउँपालिका– १ छाँगरू र तिंकरका स्थानीयलाई पास उपलब्ध गराइएको वडाध्यक्ष बोहोराले बताए । तर, नाका खुलिनसकेकाले प्रशासनले भने पास जारी गरिसकेको छैन ।

दार्चुला जिल्लावासीका लागि यसअघि जिल्ला प्रशासन कार्यालयबाट एक वर्ष अवधिको पास लिएर ताक्लाकोटसम्म वारपार गर्ने व्यवस्था थियो । तत्कालका लागि त्यही सुविधा मात्र पाए पनि जनजीवन लयमा फर्किने छाँगरू र तिंकरका स्थानीयको माग छ । पहिलो चरणमा छाँगरू–तिंकरका नागरिकका लागि भए पनि नाका खुलाउनुपर्ने व्याँसवासीको आग्रह छ ।

उरै नाका पनि खुलेन
कोभिडकै वेला उरै नाका बन्द हुँदा बझाङबाट पनि तिब्बतको यात्रा रोकिएको छ । यसअघि बर्खायाममा बझाङको साइपाल गाउँपालिका हुँदै तिब्बत जाने बाटोमा निकै चहलपहल हुन्थ्यो । तर, उरै नाका बन्द भएपछि सुनसान छ । नाका बन्द हुँदा बझाङका व्यापारी पनि समस्यामा परेको स्थानीय सत्यराज सिंहले बताए । बझाङका व्यापारीले समेत नाका खुलाउन माग गर्दै प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई भेटेका छन् ।

  • ताक्लाकोटका पसल
आइतबार, भदौ १७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ६ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.