धनगढी- कोरोनाको जोखिमले रोकिएको कृष्ण जन्माष्टमी धनगढीमा निकालिने डोल जात्रा यस वर्ष निकालिने भएको छ । नैनादेवी भगवती मन्दिरले यस वर्षको कृष्णजन्माअष्टमीमा भोली पल्ट गरिने जोलजात्रा निकाल्ने तयारीमा जुटेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अग्रवालले जानकारी दिए ।
तिन वर्ष रोकिएको डोल जात्रा यसपालिका विशेष बनाउने तयारी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । नैनादेवी मन्दिरमा २० गते कृष्ण जन्माष्टमी भजन सन्ध्या र २१ गते साँझ जोल जात्रा निकालिने जनाइएको हो । जात्रामा यस वर्ष भारतीय कलाकारको समेत प्रस्तुति रहने जनाइएको छ ।













