कैलाली- कैलालीको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मिटर रिडर छनौटमा घुस खान खोजेको आरोप लागेको छ । गोदावरी नगरपालिकाको वडा नम्बर ६ मा रहेको संस्थाको मिटर रिडर छनौट गर्न संस्थाका पदाधिकारीले नै घुस मागेको खुलेको हो।
खानेपानी उपभोक्ता समितीले कर्मचारी छनोटमा घुस खाएको बिषय बाहिर आएको हो । सोही बिसयलाई लिएर संस्थाका अध्यक्ष खड्कसिंह ओली सहित ५ जनाले कार्य समितीबाट राजिनामा समेत दिएका छन । उक्त संस्थाले गत साउन ८ गते मिटर रिडर पदमा कर्मचारी पदपुर्तिको लागी सुचना खुलाएको थियो ।
सो पदका लागी १३ जना स्थानियले निबेदन दिएका थिए । संस्थाले निबेदन उपर जाँचबुझ गर्दा स्थानिय भगवती विस्ट लाई छनौट गरेको स्रोतको दाबी छ । बिष्टलाई छनौट गरे पनि सार्बजनिक गरिएको छैन ।
तर फेरी संस्थाकै पदाधिकारीले अर्को ब्यक्तीलाई जागिर दिने भन्दै स्थानिय लक्ष्मी साउँदबाट एक लाख बढी घुस मागेको दाबी गरेपछि यो कुरा सार्बजनिक भएको हो ।
यस विषयमा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खड्कसिंह ओलीले विभिन्न आरोप लगाउने काम भएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएको स्वीकार गरेका छन्।
उनले उपभोक्ताबाट विभिन्न किसमका आरोप लाग्न थालेपछि नैतिकताका आधारमा राजीनामा दिएको बताए । उनले कसैबाट घुस नमागेको र आरोप लागेपछि राजीनामा दिएको भन्दै अरु विषयमा आफुलाई केहि पनि जानकारी नभएको बताएका छन् ।













