• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ११, २०८३
☰
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ८ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ५. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ९. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

चैतन्य एकेडेमीको आयोजनामा सुशासन, दिगो विकास तथा समृद्धि सेमिनार हुँदै

  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित

काठमाडौं- विभिन्न क्षेत्रका विज्ञको सहभागितामा आगामी असोजमा ‘सुशासन, दिगो विकास तथा समृद्धि’ विषयक १०औं राष्ट्रिय सेमिनार आयोजना हुने भएको छ।

चैतन्य एकेडेमीद्वारा असोज १२ र १३ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्मेलन सञ्चालन हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले जानकारी दिए। सेमिनारमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीदेखि निजी क्षेत्रसम्मका सरोकारवालाहरूको सहभागिता रहने जोशीको भनाइ छ।

समृद्ध नेपालको लागि सुशासन र दिगो विकास प्राथमिक विषय भएकाले विगत १० वर्षदेखि यसै विषयमा बौद्धिक बहस चलाउँदै आएको चैतन्यले यसै विषयमा आवासीय सेमिनार गर्न लागेको जोशीले जानकारी दिए।

‘हामीले सन् २०१४ बाट राष्ट्रिय सेमिनारका रूपमा यस कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं। यस कार्यक्रमको मूल भाव भनेको देशमा सुशासन र समृद्धि कसरी कायम गर्न सकिन्छरु आम नेपालीहरूको समृद्धिको चाहना परिपूर्ति गर्न त्यसलाई वास्तविकतामा उतार्ने वा यसलाई यथार्थपरक तुल्याउने आधारहरू के हुन्रु समृद्धिका आधारहरू के हुन्रु भन्ने नै हो,’ जोशीले भने। यसै विषयमा कार्यक्रम लक्षित हुने उनको भनाइ छ।

‘कार्यक्रममा देशमा उपलब्ध थिङक ट्यांकहरू जसले अर्थशास्त्रको परिप्रेक्षबाट देशको समृद्धिलाई बुझ्नुभएको छ, जसले समाजशास्त्रको दृष्टिबाट समृद्धिलाई बुझ्नुभएको छ, जसले शिक्षाको क्षेत्रबाट देशको समृद्धिलाई बुझ्नुभएको छ। स्वास्थ्यको क्षेत्रबाट, राजनीतिको क्षेत्रबाट देशको समृद्धिलाई बुझ्नुभएको छ।

अर्थात् मानव जीवनका अत्यन्त महत्त्वपूर्ण अन्तरसम्बन्धित विषयवस्तु, जो समग्र समृद्धिका निम्ति अहम् रहेका छन् ती विषयहरूमा चिन्तन गरिने एउटा बौद्धिक चिन्तकका रूपमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ र अहिलेको कार्यक्रम पनि त्यसकै निरन्तरता हो,’ उनी भन्छन्।

कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षकले आआफ्नो विषय विज्ञताको क्षेत्रका दृष्टिकोण व्यक्त गर्ने छन्। त्यसको अलावा संघीयता र समृद्धिको आधार स्थानीय सराकार भएकाले यसमा स्थानीय तहका जनप्रतिनिधिहरू, प्रशासकहरूको पनि कार्यक्रममा सहभागिता रहने जोशीले बताए।

शिक्षा, स्वास्थ्य, निजी क्षेत्रका विद्यालय, शिक्षालय र विश्वविद्यालयमा संलग्न शिक्षाकर्मीहरूले पनि यसअघिका सेमिनारमा सहभागिता जनाएको उनले स्मरण गरेका छन्। उद्यमशीलता र औद्योगिक विकाशसँग जोडिएका व्यवसायीहरू, बैंक, इन्सुरेन्स र वित्तीय क्षेत्रसँग जोडिएका व्यक्तित्वहरू, स्वतन्त्र अद्यताहरू, अनुसन्धानकर्ताहरूदेखि विद्यार्थीहरू पनि यसमा सहभागी हुने गरेको जोशीले बताए।

जोशीले नागरिक र निजी संस्था समृद्धिको संवाहक बन्नसक्छ भन्ने आत्मबोध गराउने सम्मेलनको उद्देश्य भएको बताए। विगतका सम्मेलनहरूबाट प्रतिक्रियाले नै यो क्रम १०औं श्रृङ्खलासम्म पुग्न सफल भएको उनले बताए।

यसका साथै यहि सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलाई एक लाख राशिको ‘सुशासन पर्वद्धन र प्रसाशन सुधार पुरस्कार’ समेत प्रदान गरिने उनले जानकारी दिए।

सम्मेलनका सभाध्यक्ष एवं पूर्वमुख्य सचिव डा. विमल कोइरालाले दुई दिने सम्मेलनले सरकारले लिएको चौतर्फी विकास तथा सन् २०३० सम्मका लागि लिइएको दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे।

‘सम्मेलनले नेपाली समाजमा व्याप्त निराशाबिच आशा जागरुक गर्ने विश्वास लिएका छौं। अर्कातर्फ शासन व्यवस्थामा सुधार गरेर लोकतन्त्रको लाभांश जनतासम्म कसरी पुर्‍याउने भन्ने सोचका साथ यो सम्मेलन आयोजना हुँदैछ’, उनले भने।

काभ्रेको धुलिखेलस्थित आगन्तुक रिसोर्टमा सञ्चालन हुने उक्त सम्मेलनमा अर्थव्यवस्था, राजनीतिज्ञ, शिक्षा र स्वास्थ्य, सांस्कृतिक र शासकीयलगायत सम्बन्धित क्षेत्रका विज्ञको सहभागिता हुनेछ। सम्मेलनले नेपालको चौतर्फी रूपान्तरणसँग सम्बन्धित आयाम पहिचान गर्ने उनको भनाइ छ।

 

  • दिगो विकास
सोमबार, भदौ १८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पहलमान सिंहस्वाँर मार्ग भासियो
बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति
धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत
लगातारको वर्षाले अनन्ते मेला प्रभावित

समाचार

सबै

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

पहलमान सिंहस्वाँर मार्ग भासियो

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन

अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच अझै चुनौति

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ८ घण्टा 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ६ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ४.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ५.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ६.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.