कञ्चनपुर- कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासाल स्थित पानीको ट्याङ्कीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका ३५ वर्षीय नरेश जोशीको सोमबार दिउँसो मृत्यु भएको हो ।
कर्णबहादुर चन्दको घरको पश्चिम पट्टी रहेको बोरिङको ट्याङ्कीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।













