बैतडी – बैतडीमा करेन्ट लागेर गम्भीर घाइते भएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–६ की ४३ बर्षीया कलावती नाथको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।
घाइते नाथलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको प्रहरी निरीक्षक केसीले बताए । सोमवार बिहान घाँस काटेर भारी उठाउने क्रममा विद्युतको हाइटेन्सनमा लाइनको पोलमा छोइएर नाथलाई करेन्ट लागेको थियो । उनी करेन्ट लागेर गम्भीर घाइते भएकी छन् ।















