बैतडी- सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौराका लागि बैतडीका स्थानीय तहहरूले सार्वजनिक बिदा दिन थालेका छन्। जिल्लाको सुर्नया र दोगडाकेदार गाउँपालिकाले भदौ २१ र २२ गते गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
दुवै पालिकाले कार्यपालिका बैठकबाटै निर्णय गराएर गौरा पर्वको लागि बिदा दिएका हुन्। भदौ ७ गते गौरा नमनाएका ठाउँमा सोमबारदेखि गौरा पर्व सुरु भएको छ।
भदौ २१ गते गौराको मुख्य दिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ। सोहि अवसरमा पालिकाहरूले बिदा दिएका हुन् । २१ र २२ गते पालिका भित्रका सबै कार्यालय एवं संस्था बन्द रहने सूचनामा उल्लेख गरिएको छ।













