धनगढी- कैलालीको गोदावरीबाट तीन जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर १ भरतपुरका नरेश चौधरी र धनगढीका अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई लागू औषध सेवन गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट दुई सय मिलिग्राम शुद्ध तौल भएको खैरो हिरोइन समेत प्रहरीले बरामद गरेको छ । त्यस्तै सोही नगरपालिकाको वडा नम्बर ३ बाट पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मालाखेती बस्ने १८ बर्षिया कृष्ण रावतलाई बुधवार दिउँसो ६० मिलिग्राम लागू औषध सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबैको बारेमा थप अनुसन्धान भैरहेको मालाखेती प्रहरीले जनाएको छ ।













