• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ०४, २०८३
☰
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

सुदूरपश्चिम विश्वविद्यालयमा ५० दिनदेखि तालाबन्दी

"एउटा विद्यार्थी संगठनसँग सहमति भएर ताला खुल्दा अर्कोले ताला लगाउँदै "
  •   बिहिबार, भदौ २१, २०८० मा प्रकाशित

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको ५० दिन भयो । विद्यार्थी संगठनहरुले साउन सुरुदेखि नै एकपछि अर्को गरि ताला लगाएका हुन् । लामो समयसम्मको तालाबन्दीका कारण विश्वविद्यालयका गतिविधि प्रभावित छन् ।

विश्वविद्यालयले असार अन्तिम साता विभाग र क्याम्पसमा प्रमुख नियुक्त गरेपछि विद्यार्थी संगठनहरुले ताला लगाएका हुन् । राजनीतिक भागबण्डाका आधारमा गरिएको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै ताला लगाएका हुन् । सुरुमा एमाले निकट अनेरास्ववियु र राप्रपा निकट राप्रविसले ताला लगाएको थियो ।

अनेरास्ववियुले सहमतिपछि साउन पहिलो साता नै ताला खोलेको थियो । राप्रविसले भने भदौ दोस्रो साता मात्रै सहमतिमा आयो । विश्वविद्यालयका नियुक्तिहरु ऐनकानुनअनुसार गर्ने, कर्मचारीदेखि प्राध्यापक भर्ना सेवा आयोगमार्फत गर्ने, विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुस्तकालय बनाउने लगायतका सहमति भएका छन् ।

‘लिखित रुपमा एउटा सहमति भए पनि आन्तरिक रुपमा भागबण्डा मिलेपछि मात्रै राप्रविसले ताला खोलेको हो,’ विश्वविद्यालयकै एक कर्मचारीले भने, ‘तालबन्दी पनि भागबण्डाकै लागि भएको हो ।’

राप्रविसको ताला खुल्दै गर्दा एकीकृत समाजवादी निकट विद्यार्थीले गत शुक्रबारदेखि ताला लगाएका छन् । विश्वविद्यालयको स्नातक तहको छैटौं सेमेस्टरको प्रश्नपत्र हुबहु अघिल्लो शैक्षिक सत्रको सॅंग मेल खाएपछि अनेरास्ववियुले ताला लगाएको हो ।

सम्बन्धित कर्मचारी वा प्राध्यापकलाई कारवाही गरिनुपर्ने र शैक्षिक क्यालेण्डर अनुसार परीक्षा हुनुपर्ने भन्दै ताला लगाएको अनेरास्ववियुका अध्यक्ष प्रज्वल कुँवरले बताए । उनका अनुसार परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित प्राध्यापकलाई कारवाही गरिएको भने पनि सार्वजनिक गरेको छैन ।

‘प्रश्नपत्र जस्ताको त्यस्तै बनाउनेलाई कारवाही हुनुपर्छ,’ कुँवरले भने, ‘हरेक क्षेत्रमा भागबण्डा चलिरहेको छ, त्यसको अन्त्य हुनुपर्छ, सेवा आयोगलाई निष्क्रिय पार्नु हुन्न ।’ सुरुमा परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला परीक्षा नियन्त्रकले विद्यार्थी प्रयोग गरेर तोडेपछि केन्द्रीय कार्यालयमा ताला लगाइएको उनले बताए ।

विश्वविद्यालयले असार अन्तिम साता ७ वटा विभागीय र १५ वटा क्याम्पस प्रमुख नियुक्त गरेको थियो । विभागीय प्रमुखमा इन्जिनियरिंङतर्फ हरेन्द्रराज कलौनी, व्यवस्थापनमा पदमराज भट्ट, मानविकीमा पुष्पराज जोशी, शिक्षामा अर्जुन नेगी, सीएसआइटीमा कर्णदेव भट्ट, विज्ञानमा शैलेन्द्र चन्द र कृषिमा सुशील न्यौपानेलाई नियुक्त गरिएको हो ।

नियुक्ति लगत्तै विश्वविद्यालयका पदाधिकारीहरु ११ औं दीक्षान्त समारोहका लागि काठमाडौं हिँडेका थिए । सिनेट सदस्य बनाएर सभामा आफू निकटका प्राध्यापकलाई सहभागी गराउन हतार-हतार विभागिय प्रमुख र क्यामपस प्रमुख तोकिएको विद्यार्थी संगठनको आरोप छ ।

विश्वविद्यालयका पदाधिकारीहरुले भने विभागीय र क्याम्पस प्रमुखमा कुनै भागबण्डा नभएको दाबी गरे । ज्येष्ठता र क्षमताका आधारमा नियुक्ति गरिएको उनीहरुको भनाइ छ । ‘नियुक्तिमा कुनै भागबण्डा भएको छैन,’ रजिष्ट्रार यज्ञराज पाठकले भने । यसअघिका केही विभागीय प्रमुखले उपकुलपति अम्मराज जोशी र रजिष्ट्रार यज्ञराज पाठकको कार्यशैली ठिक नभएको भन्दै विरोध गरेपछि उनीहरुलाई जिम्मेवारीबाट हटाएर आफू निकटका व्यक्तिलाई ल्याइएको एक प्राध्यापक बताउँछन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लामो समयसम्म ताला लागेको यो नै पहिलो पटक भने होइन । यसअघि पनि लगातार दुईरतीन महिनासम्म ताला लागेको थियो । दुई वर्षअघि पनि सहायक डीनदेखि निर्देशक र विभागीय प्रमुख नियुक्त गर्दा लामो समय तालाबन्दी भएको थियो । तालाबन्दीका कारण त्यतिबेला दीक्षान्त समारोह समेत प्रभावित भएको थियो ।

२०६८ मा स्थापना भएको विश्वविद्यालयले २०६९ बाट प्रशासनिक कामकाजसँगै तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरी पठनपाठन सुरु गरेको हो । हालसम्म पटक(पटक गरी २७ वटा क्याम्पसलाई आंगिक बनाउने निर्णय भएको छ । तर हालसम्म विश्वविद्यालयले १५ क्याम्पससँग मात्रै सम्झौता गरेर आफ्ना कार्यक्रम सञ्चालन गरेको छ । तिनमा पनि आवश्यकताअनुसार दरबन्दी मिलान र स्वीकृतिको काम बाँकी छ ।

२०७० र ०७१ मा गरी सुरुमा सुदूरपश्चिमका ९ वटै जिल्लाका १५ क्याम्पसलाई आंगिक बनाइएको थियो । ०७४ मा थप ६ क्याम्पसलाई आंगिक बनाउने निर्णय भयो । गत वर्ष चैतमा पनि ५ क्याम्पस आंगिकको निर्णय गरियो । पछिल्लो पटक ११ औं दीक्षान्त समारोह पूर्व थप २ क्याम्पसलाई आंगिक बनाउने निर्णय भएको छ । एकातिर धमाधम आंगिकको निर्णय गर्ने अर्कोतर्फ सम्झौतादेखि दरबन्दी मिलान र स्वीकृतिका काम नहुँदा अन्योल बढेको छ ।

लामो समयको तालाबन्दीले एकातर्फ सेवा आयोगका गतिविधिहरु ठप्प छन् भने अर्कोतर्फ केन्द्रीय कार्यालयका कामकाज नै प्रभावित छ । पदाधिकारीहरुले ताला खुलाउने विषयमा खासै चासो दिएका छैनन् । अत्यावश्यक काम उपकुलपति र रजिष्ट्रारको निवासबाटै हुने गरेका छन् भने दैनिक कामकाज ठप्प नै छ ।

‘हामीले छलफल गरिरहेका छौं, प्रयास भइरहेको छ,’ उपकुलपति अम्मराज जोशीले भने, ‘उनीहरुका माग पुरा गर्ने विषयमा पनि हामी सकारात्मक छौं ।’ देखावटी रुपमा शैक्षिक मागहरु भएपछि भित्री रूपमा नियुक्तिमा भागबण्डा नै खोजेकाले त्यसतर्फ पनि कसरी मिलाउने भनेर प्रयास भइरहेको कर्मचारीहरु बताउँछन् । कान्तिपुरबाट

 

  • सुदूरपश्चिम विश्वविद्यालय
बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
रास्वपाले के–के गर्‍यो निर्णय ?
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
माइक्रो गुडिरहेकै अवस्थामा आगलागी
भोटेकोशी बाढी : एक हजार ४३६ शव भेटिए

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.