धनगढी- कञ्चनपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–२ का २५ वर्षीय कञ्चन चौधरीलाई जबरजस्तीकरणी आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनले ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
चौधरीले भदौ २० गते राती ति महिलाको घरमा गएर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीले उनलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।













