• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

खुटिया–दीपायल सडक निर्माण गर्न कोरिया सरकारसंग सभापति डा. राणाको आग्रह

  •   शनिबार, भदौ २३, २०८० मा प्रकाशित

काठमाण्डौं- प्रतिनिधि सभा सदस्य तथा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा. आरजु राणा देउवा र नेपालका लागि दक्षिण कोरियाका राजदूत तेइ योङ पार्कबीच शुक्रवार भेटवार्ता भएको छ ।

दक्षिण कोरियाली राजदूत पार्कसंगको भेटमा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा. राणाले दौत्य सम्बन्ध स्थापना भएयता कोरिया सरकारबाट नेपाललाई प्राप्त सहयोगका लागि धन्यवाद दिईन ।

राणाले कोरिया सरकारबाट खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माण, धनगढीमा रहेको होल्डिङ सेल्टरमा महिला तथा बालबालिकाको अस्पताल सञ्चालन र सुदूरपश्चिममा प्राबिधिक तालिम केन्द्र स्थापनाका लागि सहयोग गर्न आग्रह गरिन ।

राणाले खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माणले सुदूरपश्चिमका पहाडी जिल्लासंगको तराईको दूरी अत्यन्त छोटो हुने र त्यसले पहाडी जिल्लामा जलविद्युत आयोजना निर्माण समेत अत्यन्त सहज हुने बताईन ।

डा. राणाले सुदूर पश्चिममा महिला तथा बालबालिकाको मृत्यु दर अत्यािधक रहेकोले महिला तथा बालबालिकाको सुबिधा सम्पन्न अस्पताल सञ्चालन गर्न आवश्यक रहेको बताईन ।

उनले महिला तथा बालबालिका अस्पताल सञ्चालनका लागि धनगढीमा रहेको होल्डिङ सेल्टर उपर्युक्त रहेको जानकारी दिईन । डा. राणाले सुदूरपश्चिममा जलविद्युत क्षेत्रमा लगानीका लागि समेत राजदूत पार्कसंग आग्रह गरिन । नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेकोमा डा. राणाले कोरियाली राजदूतलाई पार्कलाई बधाई दिईन ।

उनले राजदूत पार्कलाई सुदूर पश्चिम प्रदेश भ्रमणका लागि समेत आग्रह गरिन । कोरियाली राजदूत पार्कले कोरियाले दौत्य सम्बन्ध स्थापना भएयता नेपालका बिभिन्न क्षेत्रमा गरिरहेको लगानी तथा सहयोगलाई आगामि दिनमा बृद्धि गर्ने बताए ।

राजदूत पार्कले नेपालसंग कोरियाको दौत्य सम्बन्ध अत्यन्त समधुर रहेको बताउदै नेपालको विकासका लागि जलविद्युत, सेवा क्षेत्र, प्राबिधिक शिक्षा र उद्योगधन्दा र पूर्बाधारमा गर्दै आएको लगानीलाई निरन्तरता दिने बताए ।

उनले डा. राणाको आग्रहमा डिसेम्बर पहिलो साता सुदूरपश्चिमको भ्रमण गर्ने प्रतिबद्धता गरेका छन् । डा. राणाको आग्रह स्वीकार गर्दै राजदूत पार्कले सुदूर पश्चिमको विकासमा साझेदारी गर्न कोरिया सरकार तयार भएको बताए । उनले यसअघि कोरियाली सरकारको सहयोगमा दार्चुलामा चमेलिया जलविद्युत आयोजना निर्माण भएको बताए ।

उनले उनले नेपालमा लगानी गर्ने कोरिया चौथौ ठूलो देश भएको जानकारी दिदै नेपालको पूर्बाधार, सेवा क्षेत्र, प्राबिधिक र जलविद्युतमा सहुलियत दरमा ऋण समेत उपलब्ध गराउदै आएको बताए ।

 

 

 

  • खुटिया–दीपायल सडक
शनिबार, भदौ २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

समाचार

सबै

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.