गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भैसकेपछी सुशासन र समृद्धिको अभियान सुरू गरिएको बताएका छन् । गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाद्वारा छोप्राकमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सिरानचोकवासीसँग प्रधानमन्त्रीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । सरकारले भ्रष्टाचार, माफिया गिरी र तस्करीमा जो सुकै भएपनी कारबाही गरिछाड्ने बताए ।
ललिता निवास माफियाहरूले कब्जा गरेका जग्गा सरकारको नाममा ल्याउने अभियानको सुरूवात मात्रै भएको बताउँनुहुँदै देशैभर यो अभियान चलाइने बताए । अहिले भ्रष्टाचारविरुद्धको अभियानमा ठुला नेता र कर्मचारी परेको बताउँनु हुँदै सुशासन,सामाजिक न्यास र समृद्धिको पक्षमा साथ दिन जनतासँग आह्वान गरे ।
सकारले जनताका जुनसुकै गुनासोहरू सुन्न र सुशासन कायम गर्न हेल्लो सरकार सकृय बनाएको बताउनुहुँदै गाउँघरमा भएका गुनासाहरू टिपाउन आग्रह गरे । आफू प्रधानमन्त्री भएको समयमा अर्थतन्त्र दबाबको स्थितिमा रहेको बताउँनुहुँदै अर्थतन्त्र सुधार्ने, अर्थतन्त्र माथिको दबाब कम गर्न सरकार सफल भएको बताए ।
प्रधानमन्त्रीले भने मैले सरकारको नेतृत्व लिंएपछी राजस्व, रेमिटेन्स , बिदेशी मुन्द्राको संचिती बढेको छ,पर्यटन बढ्दै गएको र अर्थतन्त्रमाथिको दबाब कम हुँदै गएको छ । गोर्खाली जनासँग निर्वाचनको समयमा गरेका कवुल पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।
गोरखा जिल्लाको क्षेत्र नम्बर २ प्रधानमन्त्री निर्वाचित भएको क्षेत्र हो । सोही निर्वाचनक्षेत्रका जनप्रतिनिधि र नागरिकहरूसँग निर्वाचनका बेला यस क्षेत्रको सडक,खानेपानी, शिक्षा र रोजगारीको विकासलाई ध्यान दिने बताए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डलाई सिरानचोक गाउँपालिकाले जनताको तर्फबाट अभिनन्दन गरिएको थियो ।













