धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको अस्थायी प्रहरी पोष्टलाई चमेलिया हार्ड्वयरका सञ्चालक तथा समाजसेवी वासुदेव खडायतले एक थान टर्च लाइट सहयोग गरेका छन् ।
अस्थायी प्रहरी पोष्ट शिवपुरी धाममै पुगेर आइतबार खडायतले प्रहरी पोष्ट इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक पुष्कर पनेरुलाई टर्च लाइट हस्तातरण गरेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ निवासी समाजसेवी महेश ओझाको पहलमा समाजसेवी खडायतले व्यक्तिगत रूपमा अस्थायी प्रहरी पोष्टलाई टर्च लाइट सहयोग गरेका हुन् ।
शिवपुरी धाममा रात्रिकालीन गस्तीमा टेवा पुग्ने उद्देश्यले एक थान टर्च लाइट हस्तातरण गरेको समाजसेवी खडायतले बताए ।
टर्च लाइट ग्रहण गर्दै अस्थायी प्रहरी पोष्ट इन्चार्ज प्रहरी सहायक निरीक्षक पनेरुले समाजसेवी खडायतलाई धन्यवाद व्यक्त गरे ।













